Aamsanchar

बाह्रवर्षे पूजा असार १ गते

Author Image
बुधवार, जेठ ५, २०७३

12

 

काठमाडौँ ।

विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ ।

विजयेश्वरी बाह्रवर्षे कलेवर फेर्ने पूजा आयोजक समितिको अध्यक्षमा मोहनरत्न शाक्य, प्रथम उपाध्यक्ष ज्ञानरत्न शाक्य, द्वितीय उपाध्यक्ष हेमरत्न शाक्य, कोषाध्यक्ष लोकरत्न शाक्य तथा सचिव माणिकरत्न शाक्य चयन हुनुभएको अध्यक्ष शाक्यले राससलाई जानकारी दिनुभयो ।

यसैगरी, आयोजक समितिमा पुष्परत्न शाक्य, राजेन्द्ररत्न शाक्य, निरज शाक्य, निकेश शाक्य, दीपङ्कररत्न शाक्य, मनिषरत्न शाक्य र हेमन्तरत्न शाक्य सदस्य रहेका छन् ।

यस्तै, हितकरवीरसिंह कंसाकार, माणिकरत्न तुलाधर, पञ्चवीरसिंह तुलाधर, बेखारत्न शाक्य तथा शरणमान तुलाधर समितिको सल्लाहकार वर्गमा रहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)