Aamsanchar

नेपाली किशोरी पाकिस्तान लगिँदै, एकको उद्धार

Author Image
बिहिवार, जेठ ६, २०७३

kisori

 

भीमदत्तनगर ।

पाकिस्तान लगिँदै गरेकी एक युवतीको बुधबार कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।

भारतको बाटो भएर पाकिस्तान लगिँदै गरेकी पोखराको भदौरे गाविसकी किशोरीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्नु र त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

उद्धार गरिएका किशोरीसँगै धादिङका भरत सुनारसमेत पक्राउ परेका छन् । ती किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँ–दुबई हँुदै पाकिस्तान पुगेको समेत माइती नेपालले जनाएको छ । माइती नेपालले किशोरीलाई परिवारको जिम्मा लगाउने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर