Aamsanchar

डीएसपी,इन्सपेक्टर,सईको जागिर खुल्यो

Author Image
शुक्रवार, जेठ ७, २०७३

police

नेपाल प्रहरीमा रिक्त जनपदतर्फ प्रहरी निरीक्षक र प्राविधिकतर्फ रिक्त विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपुर्ति गर्न विज्ञापन प्रकाशन भएको छ ।

नेपाल प्रहरीले जेठ ५ गतेको राष्ट्रिय दैनिक गोरखापत्रमा विज्ञापन प्रकाशन गरिएको जनाएको छ । विज्ञापन नेपाल प्रहरीको बेवसाइटमा पनि हेर्न सकिने उल्लेख छ ।

विज्ञापनमा जनपद प्रहरी निरीक्षकको खुल्लातर्फ ४६ जना, अमर/अशक्त प्रहरी परिवारका सन्ततीतर्फ २ जना, आदिवासी जनजाति १२ जना, मधेसीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना र पिछडिएका क्षेत्रतर्फ २ जना गरी जम्मा ८६ जनाको लागि नयाँ भर्ना खुलाइएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालतर्फ प्रहरी नायब उपरीक्षक १९ जना, प्रहरी निरीक्षक ५५ जना र प्रहरी नायब निरीक्षक ७३ जना र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालातर्फ प्रहरी निरीक्षक ५ जना र प्रहरी नायब निरीक्षक ५ जनाको लागि नयाँ भर्ना खुलाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर