Aamsanchar

नेपालमा गणितको अन्तर्राष्ट्रिय सम्मेलन

Author Image
आइतवार, जेठ ९, २०७३

काठमाडौँ –

अमेरिक्रामा रहेका नेपाली गणितज्ञहरूको संगठन, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, नेपाल गणित समाज र काठमाडौँ विश्वविद्यालयको गणित शाखाको संयुक्त आयोजनामा काठमाडौँमा अन्तराष्ट्रिय गणित सम्मेलन हुने भएको छ ।  यही जेठ १३ देखि १६ सम्म (२६ मे देखि २९ मे) सम्म ‘एप्लिकेशन अफ म्याथम्याटिक्स टु नन लिनियर साइन्सेस’ विषयमा सम्मेलन हुने भएको हो ।

नेपाल एकेडेमी अफ टुरिज्म एण्ड मेनेजमेन्ट (नाथम) मा आयोजना हुने सम्मेलनमा गणितको प्रयोग हुने विभिन्न विधाहरूमा १३९ वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।  सम्मेलनमा नेपाल लगायत अमेरिका, भारत, श्रीलंका, जमर्नी, बेलायत, कोरिया, पोर्चुगल, ताइवान, मलेसीया, दक्षिण अफ्रिका, टर्की, हङकङ, बङ्ग्लादेश र चेक गणतन्त्र लगायत देशका गणित विशेषज्ञहरु सहभागी हुनेछन् ।

सम्मेलनमा २०० भन्दा बढी गणित वैज्ञानिक सहभागी हुने पनि जनाइएको छ ।  सम्मेलनले नेपालमा गणितको अनुसन्धानलाई टेवा पुराउनुका साथै नेपालमै गणित विषयको अध्ययन र अनुसन्धानका विषयमा सहयोग पुर्याउने आयोजकले दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर