Aamsanchar

भ्रष्टाचार गर्ने गाविस सचिव पक्राउ

Author Image
आइतवार, जेठ ९, २०७३

महोत्तरी।

सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटाँैडाले पक्राउ गर्न लिखित आदेश दिएअनुसार गाविस सचिवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई आजै आयोगको क्षेत्रीय कार्यालय हेटाँैडा पठाइएको छ ।

सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिवको रुपमा कार्यरत सचिव यादवविरुद्ध विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोपसहित उजुरीहरु परेको र ती उजुरीको छानबिनका सिलसिलामा बारम्बार बोलाउँदा समेत सम्पर्कमा नआएपछि प्रहरी लगाई यादवलाई छानबिनको लागि समातिएको आयोगको क्षेत्रीय कार्यालय हेटौँडाका उपसचिव नरेन्द्र भट्टराईले बताउनुभयो । रा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)