Aamsanchar

विद्यार्थी ठग्ने निर्देशकलाई दुई वर्ष जेल

Author Image
आइतवार, जेठ ९, २०७३

महेन्द्रनगर (धनुषा)।

विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ । 

आरोपित सञ्जीव फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ । उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स (धनुषा नर्सिङ कलेज) मा निर्देशक पदमा रहँदा विद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपसहित कजेलका सञ्चालक गायत्री देवीले मुद्दा दायर गरेकी थिइन् । 
मुद्दा दर्ता भएको दुई वर्षपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलासबाट आज फैसला भएको हो । अदालतको फैसला अनुसार सञ्जीवले दुई वर्ष जेल सजाय, रु ४७ लाख ५२ हजार ६०० बिगो र त्यतिनै रकम जरिवाना बुझाउनुपर्नेछ । 

कलेज सञ्चालनका लागि नियुक्त गरिएका निर्देशक सञ्जीवले विद्यार्थी भर्ना तथा शुल्कको नाउँमा नक्कली रसिद दिएर रु ५३ लाख असुल गरी बैंँकमा दाखिला गरेका थिएनन् । शुल्कको नाममा ठगी गरी फरार भएलगत्तै कलेजबाट उनलाई निष्कासन गरिएको थियो । यो विवादले कजेलको पठनपाठन समेत केही समय प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर