Aamsanchar

खानेपानी योजना निर्माण द्रुत गतिमा

Author Image
मङ्गलवार, जेठ ११, २०७३

मोरङ ।

Water-tap

उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । संस्थाको कम्पाउन्ड परिसरमा कार्यालय तथा महसुल काउन्टर समेत धमाधम निर्माण भइरहेको छ ।

रु १५ करोडको नयाँ संरचना निर्माण कार्ययोजनाअनुसार संस्थाको कम्पाउन्ड भित्र दुई तले पक्की भवन निर्माण भइरहेको कार्यालय प्रमुख राजु बुढाथोकीले जानकारी दिनुभयो । गत साउन महिनादेखि सुरु गरिएको भवनको तल्लो तलामा खानेपानी महसुल काउन्टर र माथिल्लो तलामा साधन स्रोत सम्पन्न अत्याधुनिक कार्यक्रम हल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

दोस्रो उर्लाबारी खानेपानी योजनाअनुसार हाल खानेपानी ट्याङ्कीको फाउन्डेसन(जग) बनाई जमिन माथि उठाउनेसम्मको काम सकिएको छ । चार सय ५० घनमिटर क्षमताको नवनिर्मित खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएपछि उर्लाबारी नगरपालिकाको उत्तरी क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी पिउन पाउने छन् ।

स्थानीय बासिन्दाको चाहना र खानेपानीको दोस्रो योजनाअनुसार काम छिटो छरितो सम्पन्न गरेर स्थानीयको चाहना पूरा गर्ने अठोटका साथ काम अगाडि बढाइएको संस्थाका अध्यक्ष भूपाल जिमीले बताउनुभयो ।

हाल ट्युबेलको भरमा बसेका स्थानीय बासिन्दा कहिले योजना पूरा हुन्छ र स्वच्छ सफा पानी खान पाइन्छ भन्दै प्रतिक्षामा छन् । हालसम्म नगरपालिकामा दुई हजार ६०० धारा वितरण गरिसकिएको कार्यालय प्रमुख बुढाथोकी बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर