Aamsanchar

बलात्कारको आरोपमा पक्राउ

Author Image
शनिवार, जेठ २२, २०७३

महोत्तरी।

फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ ।

शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको छ । पीडित महिला चिच्याएपछि आरोपित फरार भएका थिए । पक्राउ परेका यादव र बलात्कृत महिला दुवैको स्वास्थ्य परीक्षण गराउन जलेश्वर पठाउने तयारी भइरहेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर