Aamsanchar

गठवन्धनको बैठक अनिश्चित

Author Image
बुधवार, असार १, २०७३

झापा ।

create_thumb.php

तराई मधेस लोकतान्त्रिक पार्टी महाधिवेशनको तयारीमा व्यस्त भएपछि संघीय गठवन्धनको बैठक प्रभावित भएको छ । गठवन्धनको प्रमुख घटक मध्येको तमलोपा महाधिवेशनको तयारीमा व्यस्त भएपछि गठवन्धनको बैठक अनिश्चित बनेको छ ।

गठवन्धनको वैठक बस्न नसक्दा पछिल्लो पटक सरकारले आन्दोलनरत गठन्धनलाई गरेको बार्ताको प्रस्ताव समेत अन्यौलमा परेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले  आन्दोलनरत पक्षलाई वार्तामा आउन पत्राचार गरेपनि तमलोपाका अध्यक्ष महन्त ठाकुर लगायत नेताको कार्यव्यस्तताका कारण बैठक बस्न नसक्दा गठवन्धनले वार्तावारे औपचारिक धारणा तय गर्न सकेको छैन ।

गठबन्धनमा आवद्ध फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पार्टीको महाधिवेशनका कारण तमलोपाका नेताहरुले समय नदिएपछि गठवन्धनको बैठक बस्न नसकेको बताउनुभयो ।

तमलोपाको महाधिवेशन यही सातादेखी नवलपरासीमा शुरु हुँदैछ । बार्ता आह्वानसहितको प्रधानमन्त्रीको पछिल्लो पत्रलाई गठवन्धनमा आवद्ध अन्य दलले सकारात्मक रुपमा लिएपनि संघीय समाजवादी फोरमले भने आपत्ति जनाएको  छ । पत्रमा गठवन्धनलाई नभई मधेसी मोर्चालाई सम्वोधन गरिएको भन्दै समाजवादी फोरमले वार्तामा नबस्ने बताएको छ ।

यद्यपी अन्य सवै मधेस केन्द्रित दलहरुले भने पछिल्लो पत्र सकारात्मक रहेको भन्दै वार्ताबाट समस्या समाधानको पहल गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर