Aamsanchar

चट्याङ पर्दा बिद्युत सर्ट भई आगलागी

Author Image
शनिवार, भदौ २५, २०७३

दिपेन लावती, 

शान्तिनगर।14328827_1064199130362310_1250202535_n

झापाको शान्तिनगर ६ सुनमाईमा शनिबार बिहान चट्याङ परि बिद्युत सर्ट भई आगलागी हुदाँ लाखौको क्षति भएको छ ।

स्थानिय खड्गप्रसाद अर्यालले संचालन गरेको ‘अर्याल राईस मिल’ मा बिहान ३ बजे चट्याङ परेको थियो । चट्याङले बिद्युत सर्ट गराउँदा लागेको आगोले मिलको सबै मेसिनरी सामाग्री जलेको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

मिलको मेसिनरी सामान, स्टकमा रहेको ५० मन धान र २ कोटे घर पुर्णरुपमा जलेको छ । उक्त सामाग्री जल्दा २ लाख बढि क्षति भएको इलाका प्रहरी कार्यालय बुधबारेका असई धर्मदेब मण्डलले बताए । मिलमा लागेको आगो स्थानियले करिब २ घण्टाको प्रयास पछि नियन्त्रणमा लिएका थिए ।

आगलागी शुरु हुदाँ बिद्युत प्राधिकरण लाई फोन गरी जानकारी गराउँदा समेत लाईन नकाटे पछि ठुलो क्षति बेहोर्नु परेको मिलका संचालन अर्यालले दुखेसो गरे ।

२०५७ सालमा स्थापना गरी संचालनमा रहेको मिलमा शान्तिनगरको वडानम्बर ६, इलाम कोल्बुङ ९, इरौटार २ लगायतका स्थानियले धान, मकै, कोदो लगायतका खाद्य बस्तुको कुटानी पिसानी गर्ने गरेका थिए । मिल पुर्णरुपमा जले पछि, स्थानियले धान,मकै, कोदो कुटानी पिसानीमा समस्या परेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर