Aamsanchar

खोलाले बगाएर दुई बेपत्ता

Author Image
आइतवार, भदौ २६, २०७३

khola

सोलुखुम्बु।

सोलुखुम्बुको भकाञ्जे–९ र चौँलाखर्क–१ को सिमानामा रहेको किञ्जा खोलामा रहेको काठेसाँघु भाचिँदा खोलामा खसेर दुई जना बेपत्ता भएका छन् ।

आज साँझ भकाञ्जेबाट चौँलाखर्कतर्फ जाँदै गर्दा सोही गाविस–१ का नुर्बु भुजेलको छोरा १४ वर्षीय देण्डी भुजेल र गोली–९ का छप्ते भुजेलका छोरा १५ वर्षीय फुरग्याल्जेन शेर्पा खोलामा खसेर बेपत्ता भएको बुद्ध मावि गोलीका शिक्षक उदक बस्नेतले जानकारी दिनुभयो ।

पुल भाँचिएर खोलामा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयसँग खोजीको प्रयास गरे पनि ठूलो वर्षा र खोलामा बढेको बहावका कारण समस्या भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर