तिहारमा मासुलाई विशेष प्राथमिताका साथ खानाको तालिकामा राखिन्छ । तिहारमा विशेष मासुका परिकारले खान रुचाउनेहरू धेरै हुन्छन् ।
विशेषत मासु र फ्राइ गरेका खानेकुरा चलन छ । यससँगै झानेका खानेकुरा तथा पेय पदार्थ पनि धेरै खाइन्छ । यस्ता प्रकारका खाद्य पदार्थले प्रेसरका साथै सुगरका बिरामीलाई धेरै नै हानी पु¥याउँछ । हामीलाई स्वादिलो लागे पनि धेरै फ्राई गरेका खानेकुरामा पौष्टिक पदार्थ हुँदैन । तेल, घिउ बढी मात्रामा प्रयोग गर्दा त्यसबाट विषालु पदार्थ जन्मन्छ र मुटुलाई नराम्रो हानी पु¥याउँछ । त्यसैले यस्ता तेलमा फ्राई गरेका खानेकुरा सकेसम्म खान हुँदैन । हामीकहाँ पकाएका खानेकुरा एकदिन पकाएको माछामासु धेरै दिनसम्म खाने चलन छ । र, समय बित्दै गएपछि खानेकुरा दूषित हुने भएकाले यसले स्वास्थ्यलाई निकै नै बेफाइदा गर्छ । हामीले बनाउने खानेकुरा बनाउँदा शुद्धिकरणमा जोड दिनुपर्छ ।
हामीले सरसफाई र स्वस्थकर खानेकुरामा एकदमै ध्यान दिनुपर्छ । फिजिसियन डा. थापाका अनुसार अझ सुगर, प्रेसर, दम र ग्याष्टिकका बिरामीले त विशेष ख्याल गर्नुपर्छ । सुगरका बिरामीले गुलियो र चिल्लो पदार्थ खानु हुँदैन । प्रेसरका बिरामीले पनि नुनिलो खानेकुरा तथा मादक पदार्थ सेवन गर्नु हुँदैन । जथाभावी आफ्नो स्वास्थ्यलाई ध्यान नदिई खानेकुरा खाँदा हृदयघात हुनसक्ने भएकाले विशेष ध्यान दिनुपर्छ ।
तयस्तै दमका बिरामीले चिसो खानेकुरा र पेय पदार्थ खाँदा सकभर खानुहुँदैन । सबैभन्दा पहिले त आफ्नो स्वास्थ्यका लागि आफै सजग हुनुपर्छ । सुगर भएकाले सकभर पेटभरी खान हुँदैन । पटकपटक गरी खानुपर्छ । प्रेसर पनि ज्यादै डरलाग्दो रोग भएकाले सजग हुनुपर्छ । बिरामीले चिल्लो कम खानुपर्छ । दमका बिरामीले धेरै चिसो खानु हुँदैन । तातो खानु हुँदैन भने धुवाँधुलोबाट टाढा रहनुपर्ने हुन्छ । रोगीले मात्रै हैन स्वस्थ मान्छेले पनि दिनमा तीनचार पटक मात्रै खाने खानु राम्रो हुन्छ । एकैपल्टमा धेरै खानु उचित हुँदैन । मासु नखानेले पनि धेरै ध्यान दिनुपर्छ । प्रोटिनको लागि मासुको सट्टा केराउ, भटमास, च्याउ, दाललगायत खानेकुराको प्रयोग गर्ने चलन छ । यी खानेकुरा पनि धेरै खान हुँदैन ।