Aamsanchar

सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था कडा

Author Image
सोमवार, कार्तिक २७, २०७४

काठमाडौं,

गृह मन्त्रालयले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका उम्मेदवारमाथि भएको आक्रमणबाट सुरक्षा चुनौती थपिएकोले थप सुरक्षाको प्रबन्ध गरिएको जनाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा गृहमन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले चुनाव प्रचार प्रसारका क्रममा भएका घटनापछि थप सुरक्षा प्रवन्ध मिलाइएको जानकारी दिनुभयो ।

पछिल्ला घटनाले थप सुरक्षा चुनौतीको संकेत गरेको भन्दै उहाँले सुरक्षा चुनौतीहरूको विश्लेषण गरी त्रुटीरहित र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउने जानकारी दिनुभयो । बैठकमा प्रमुखु निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पछिल्ला केही घटनाबाट सजग हुनुपर्ने भएपनि समग्र सुरक्षा कार्ययोजना राम्रो रहेकोले बताउनुभयो ।

उहाँले उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले थप सुरक्षितरूपमा प्रचार प्रसार गर्ने वातावरण बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । बैठकमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले सुरक्षा निकायहरूबीच चुस्त समन्वय गर्न तथा दुर्गम र हिमाली भेगमा सुरक्षा र यातायात तथा संचारको राम्रो व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर