Aamsanchar

गाउँपालिकाको भवन निर्माण शुरु

Author Image
बिहिवार, माघ १०, २०७५

म्याग्दी, 

म्याग्दीको पोखरेबगरको गोजेमा अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । भवन निर्माणका लागि गाउँपालिकाले सार्वजनिक र व्यक्तिगत गरेर १४ रोपनी सात आना जग्गाको व्यवस्थापन गरेको छ । जमीन सम्माएर भवन निर्माणको लागि प्रारम्भिक चरणको काम शुरु गरेको गाउँ कार्यपालिकाको प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

भवन निर्माण र जग्गा व्यवस्थापनका लागि चालू आवमा रु ५० लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।
नौ रोपनी सार्वजनिक, चार रोपनी आठ आना व्यक्तिगत र एक रोपनी तीन आना गुठीको जग्गा भवनका लागि नक्साङ्कन गरिएको भवन निर्माण तथा जग्गा व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष खड्ग गिरीले बताउनुभयो ।

गाउँपालिकालाई स्थानीय जालवीर पुर्जा, गोपाल बरुवाल, रामबहादुर बिसी, सन्तोष बरुवाल, कप्रसाद पुर्जा, गोकुल बरुवाल र शिवालय गुठी व्यवस्थापन समितिले जग्गा उपलब्ध गराउने लिखित सम्झौता भएको छ ।

उनीहरुले निःशुल्क उपलब्ध गराएको मूल्य बजार भाउअनुसार रु एक करोडभन्दा बढीको भएको प्रवक्ता बरुवालले बताउनुभयो । पूर्वाधार अभावमा गाउँपालिका र विषयगत कार्यालयका शाखा भाडाको घरबाट सञ्चालन हुँदै आएका छन् । साँघुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाइ भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर