Aamsanchar

कनकाईमा पतञ्जली योग समिति

Author Image
बिहिवार, माघ १०, २०७५

सुरुङ्गा ।

कनकाई नगरमा पतञ्जली योग समिति गठन गरिएको छ । कनकाई नगर क्षेत्रमा योगाभ्यासलाई निरन्तरता दिँदै मानव स्वास्थ्यसँग सम्वन्धित गतिविधि सञ्चालन गर्नका लागि नगरस्तरीय पतञ्जली योग समिति गठन गरिएको हो ।

योग प्रशिक्षक टीकाप्रसाद कट्टेलको अध्यक्षतामा १५ सदस्यीय नगर योग समिति गठन गरिएको छ । महासचिवमा रामप्रसाद निरौला, सचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा गोमादेवी निरौला (ढुङ्गेल), सदस्यहरुमा प्रेम राजवंशी, घनश्याम मैनाली, पुण्यप्रसाद ओझा, सीता बस्नेत, तारा न्यौपाने (उप्रेती), सुशीलकुमार श्रेष्ठ, बर्मालाल उप्रेती, नेत्रप्रसाद भट्टराई, रमेशकुमार बाराकोटी र नरमाया भेट्वाल रहका छन् ।

समितिको आगामी बैठकले थप एकजना सदस्य मनोनित गर्ने जनाइएको छ ।ज्योतिकुमार उप्रेती र कवि प्रसाईलाई समितिको सल्लाहकारका रुपमा चयन गरिएको छ । कनकाई नगरका नौवटै वडामा योग समिति गठन गरिने महासचिव निरौलाले बताए ।

कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य र पतञ्जली योग समिति झापाका अध्यक्ष देवीचरण घिमिरेको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर