Aamsanchar

लुम्बिनीको पवित्र पोखरीमा भेटियो कृष्णकण्ठ गरुड

Author Image
बिहिवार, फागुन २३, २०७५

काठमाण्डौ

अति संकटापन्न जातको चरा कृष्णकण्ठ गरुड लुम्बिनीको पवित्र पोखरीमा भेटिएको छ । नेपालका ठूला चरा मध्ये कृष्णकण्ठ गरुड पनि एक हो ।

यो चरा अहिले नेपालमा २० वटा भन्दा पनि कम मात्रै रहेको अनुमान गरिएको चराविद् हेमसागर बरालले बताउनुभयो । पहिला पहिला नेपालमा रैथाने र बच्चा कोरल्ने कृष्णकण्ठ गरुडले बासस्थान र संरक्षणको अभावका कारण अहिले बच्चा बोरल्न छोडेको छ ।

संरक्षित क्षेत्रमा मात्र पाइने कृष्णकण्ठ गरुड कहिलेकाहीँ कोशी टप्पु र कहिलेकाहीँ  शुक्लाफाँटा वन्य जन्तु आरक्षमा देखिने गरेको चराविद् बरालले बताउनुभयो । यस्तै चितवन र वर्दिया राष्ट्रिय निकुञ्जमा पनि फाट्फुट्ट यो चरा देखिने गरेको छ ।

कृष्णकण्ठ गरुडले शान्त र सुनसान नदी किनारका ठूला रुखमा बच्चा कोरल्ने गर्छ तर अहिले यस्तो वातावरण नहुँदा यो चरा अति संकटापन्नको सूचीमा परेको चराविद बरालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर