Aamsanchar

दाङका तीन जनाको भारतको मनालीमा मृत्यु

Author Image
शुक्रवार, चैत २९, २०७५

घोराही ।

दाङ जिल्ला घर भई भारतमा काम गर्न गएका ३ जनाको मृत्युको छ ।

मृत्यु भएका सबैको शव तुलसीपुर ल्याइएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिकाका पूर्णबहादुर ओली, नोखीराम भण्डारी र प्रेम ओली रहेका छन् ।

चैत ६ गते वर्ष २४ का पूर्णवहादुर वली हराई वेपत्ता भएमा खोजतलास गर्दै जाँदा वर्ष २३ का नोखीराम भण्डारी र वर्ष २१ का प्रकाश वलीसहित २ (दुई) जनाको चैत १० गते भारतको कुल्लु मनालीको भिरमुनि मृत्यु अवस्थामा शव फेला परेको थियो ।

दुवै शवलाई चैत १२ गते नेपालतर्फ ल्याई उनीहरूको आफन्तलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हराइरहेका पूर्णवहादुर वलीको खोजतलासको क्रममा चैत २५ गते भारतको सोही कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको थियो ।

चैत २८ गते प्रकाश वलीको शव जाईफल मियाले मृतकको आफन्तलाई बुझाउन खोज्दा बुझ्न नमानेर वादविवाद भएकोले जाईफल मियालाई सुरक्षाका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा रहेको छ ।

घटनाको सम्वन्धमा सत्यतथ्य वुझ्नका लागि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी अधिकृतसहित, स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्यहरू भारततर्फ जान लागेको प्रहरीले जनाएको छ ।

शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवा बस्ने वर्ष २३ का नोखीराम भण्डारी, वर्ष २१ का प्रकाश वली, वर्ष २४ का पूर्णबहादुर वली, वर्ष २२ का ईन्द्रबहादुर बिक, छायाँक्षेत्र गाउँपालिका ३ दीपाखाना सल्यान बस्ने वर्ष २९ को सेवक थापा र उनकी श्रीमती वर्ष २२ की अमृता थापा समेत ६ (छ) जनालाई साथमा लिई शान्तिनगर गाउँपालिका २ अमुवा वस्ने वर्ष ४६ की जाईफलि मिया (मेट) ले लेवर कामको लागि भारत हिमाचल प्रदेशको कुल्लुमनालीतर्फ लगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर