Aamsanchar

सामान्य व्यायामले दिमाग तेज बनाउन सकिने

Author Image
आइतवार, असार २२, २०७६

पछिल्लो समय नेपालमा पनि दैनिक शारीरिक ‘एक्सरसाइज’ गर्ने फेसन नै चलेको छ । कतिपय ‘हेल्थ क्लब’, ‘जिम’ जान थालेका छन् त कतिपयले घरमै एक्सरसाइज (व्यायाम) गर्ने गरेका छन् । मानिसहरुले यसमा लगानी गर्न थालेका छन् । यसको सीधा अर्थ हो– मानिसमा स्वास्थ्य चेतनाको वृद्धि ।

भनिन्छ– स्वस्थ शरीरमा नै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । स्वस्थ खानेकुरा र लाइफस्टाइलले मात्र मानिसलाई फिट राख्दैन, नियमित व्यायाम पनि उत्तिकै जरुरी छ । एउटा नयाँ अध्ययनले के पुष्टि गरेको छ भने, मानिसले स–सानो अर्थात् समय मिलेका बखत बीचबीचमै एक्सरसाइज गर्दा मस्तिष्कले राम्ररी काम गर्छ । यसले ‘ब्रेन फङ्क्सन इम्पु्रभ’ हुन्छ ।

वैज्ञानिकहरुको एक टोलीले मुसामाथि यस्तो अध्ययन गरेको थियो । यसबाट दैनिक ससानो व्यायाम गर्ने वा समय मिल्दा बीचबीचमै एक्सरसाइज गर्दा जिन एक्टिभेट हुन्छ, यसले उक्त जिन र ब्रेन ९दिमाग०को हिप्पोक्याम्प्स नामक हिस्सास्थित न्युरोन्सका बीच कनेक्सनलाई थप बलियो पारिदिन्छ । दिमागको उक्त हिस्सा स्मरण र सिकाइसँग सम्बन्धित छ ।

व्यायामले मानव शरीरलाई चुस्त र दुरुस्त राख्ने कुरो धेरैअघि नै प्रमाणित तथ्य हो । तर कुन स्तरको व्यायाम, हेभी एक्सरसाइज वा सामान्य एक्सरसाइजका बारेमा पनि थुप्रै विवाद हुँदै आएको छ । हेभी एक्सरसाइज एक्सपर्टको सल्लाह वा अनुगमनमा मात्रै गर्नुपर्छ । ससाना एक्सरसाइज आफैं पनि गर्न सकिन्छ । साथै, कुन समय वा शरीरको कस्तो अवस्थामा कस्ताकस्ता एक्सरसाइज गर्ने भन्नेबारे पनि जानकारी लिनु उपयुक्त हुन्छ ।

यद्यपि, हरेकखालका एक्सरसाइजका आ–आफ्नै महत्व र असर हुन्छन्, त्यसकारण पनि सुरुका दिनमा प्रशिक्षकबाटै सिक्नु राम्रो हुन्छ । कतिपय मानिसले भिडियो हेरेर पनि गम्भीर प्रकृतिका एक्सरसाइज गरेको देखिन्छ, त्यो हानिकारक पनि हुन सक्छ । एक्सरसाइज सबैका निम्ति आवश्यक तत्व हो भन्ने कुरो निर्विवाद छ, तर यसलाई कसरी उपयोगी ढङ्गमा गर्ने भन्ने सवालबारे सबै सचेत हुनुपर्छ ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर