Aamsanchar

कर्जा दिने आस देखाएर बलत्कार गरेको आरोपमा बैक मेनेजर पक्राउ

Author Image
आइतवार, असार २२, २०७६


मोरङ :  मोरङको धनपालथान गाउँपालिका – ४ स्थित शाखा कार्यालय रहेको नेपाल बङ्गलादेश (एनवि) बैंकका मेनेजरले विराटनगरकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

झापाको बुधबारे घर भएका बैंकका मेनेजर ४५ वर्षीय अमित बास्तोलालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बास्तोलाले ती महिलालाई कर्जा दिने प्रलोभन देखाएर करणी गरेको मोरङ प्रहरीको प्रराम्भिक चरणको अनुसन्धाबाट खुलेको छ । ती महिलालाई कर्जा आवश्यक परेकोले बैंकका मेनेजर बाँस्तोलाले ४ लाख रूपैयाँ कर्जा दिने प्रलोभन देखाएर करणी गरेका थिए ।

पीडितले दिएको उजुरी दर्ता भएपछि बास्तोलालाई प्रहरीले मोरङको रङ्गेली ७ बाट असार १६ गते पक्राउ गरेको थियो । पक्राउ परेका बाँस्तोलालाई जिल्ला अदालत मोरङमा जबरजस्ती करणी अन्तर्गत मुद्दामा आज सात दिनको म्याथ थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर