Aamsanchar

कनकाई माइको पुलबाट हाम फाल्दा एकको मृत्यु

Author Image
सोमवार, साउन २०, २०७६

सुरुङ्गा ।

कनकाई माइको पुलबाट हाम फल्दा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका – २ पृथ्वीनगरका २३ वर्षीय सागर गजमेर रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार गजमेरको शव कनकाई माइको वीचभागमा फेला परेको छ ।

‘मानसिक सन्तु्लन गुमाएका उनी केही समयदेखि बिर्तामोड आसपासमा अभद्र व्यवहार गर्दै आएको र उनलाई केही दिन इलाका प्रहरी कार्यालयले नियनत्रणमा समेत राखेको थियो’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले भन्नुभयो – हामीकहाँ मानसिक सन्तुलन गुमाएको मानिस राख्ने व्यवस्था छैन र पनि यहाँ केही दिन वसेपछि ऊ यहाँबाट गएछ , राति कतिवेल माइ खोलामा गएर पुलबाट हाम फालेर आत्महत्या गरेछ।’

पुलबाट हाम फालेर आत्महत्या गरेको गजमेरको शरीरमा सामान्य नील डाम देखिएको छ थापाले भन्नुभयो – ‘आफैमा मानसिक रोगी ऊ कसरी माई खोला पुग्यो र पुलबाट हाम फलेर आत्महत्या ग¥यो अनुसन्धान भइरहेको छ ।’

यता कनकाई नगरपालिका – ८ मा २० वर्षीय मंगल हास्दा मृत फेला परेका छन् । झापा गाउँपालिका – ४ शरणामती घर भएका हास्दा अमरपथ सडक खण्डमा मृत फेला परेको प्रहरीले जनाएको छ । हास्ताले अत्याधिक मादक पदार्थ सेवन गरेको र मादक पदार्थ सेवनकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर