Aamsanchar

वेपत्ता भएका दिदी वहिनी भारतको पूर्णियामा फेला

Author Image
सोमवार, साउन २०, २०७६

सुरुङ्गा ।

गत साउन १४ गतेदेखि वेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियाँमा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा वेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् ।

स्थानीय ग्लोरी अंग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यलय हिँडेका थिए । विद्यालयबाट घर नफर्किपछि उनीहरुको परिवारले प्रहरीलाई खवर गरेको र सूचना पाए लगत्तै उनीहरुको खोजी कार्य तीव्र पारिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

वेपत्ता वनेका किशोरी दिदी वहिनी हुन् । मानवबेचविखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशील रुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

‘वेपत्ता वनेका दिदी वहिनीले बोकेको मोवाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको थियो’ प्रहरी नायव उपरीक्षक थापाले भन्नुभयो –‘लखनउमा छन् भन्ने भएपछि हामीले तत्काल भारतीय प्रहरीलाई जानकारी गरायौं , जसका कारण उनीहरु मानव दलालीको पञ्जामा पर्न सक्ने भएकाले सचेत भई उनीहरुको सम्पर्कमा पुगेका हौं ।’

भरतको पूर्णियाँमा फेला परेका किशोरीलाई आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर