Aamsanchar

पर्यटनको बजेट दुरुपयोग, सहरमा ग्रामिण पर्यटन महोत्सव

Author Image
आइतवार, माघ २६, २०७६

प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राई महोत्सवका संयोजक अर्जुन कार्कीलाई केक खुवाउदै

मेचीनगर । झापाको काकरभिट्टामा आजदेखि शुरु भएको छैठौं एशियन ग्रामिण पर्यटन महोत्सवलाई लिएर चौतर्फी आलोचना भएको छ । ग्रामिण क्षेत्रको विकास र प्रर्वधनको अवधारणामा विगतका बर्षमा गाउँमै आयोजना गरिदै आएको ग्रामिण पर्यटन महोत्सव यसबर्ष सहरको सडक कव्जा गरेर आयोजना गरिएको छ ।
यस बर्ष सरकारबाट सम्पूर्ण खर्च व्यर्होन लगाएर आयोजना गरिएको महोत्सव औचित्य हिन बनेको सर्वसाधारणको भनाई छ ।

काकड्भिट्टा बस पार्क र देवकोटा पार्कमा ग्रामिण पर्यटन महोत्सव आयोजना हुनुले ग्रामिण क्षेत्रका नागरिक माथी अन्याए भएको धेरैले ठहर गरेका छन । अझ उदघाटन गर्ने शैलीलाई लिएर चर्को आलोचना भएको छ । नेपाली संस्कृति र पहिचान झल्कने महोत्सवको आयोजना गरिएको भनिए पनि महोत्सव उदघाटन केक काटेर गरिएको भन्दै सबै पक्षबाट आलोचना भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज एक समारोहका बिच केक काटेर महोत्सव उदघाटन गरेका छन । केक नेपाली संस्कृति नभएको भन्दै हाम्रो ग्रामिण संस्कृतिमा त अहिले पनि केकले प्रवेश नपाएको तर ग्रामिण पर्यटन महोत्सवको नाम दिएर केक काटिनु गलत भएको झापाका साहित्यकार पुण्यप्रसाद खरेलले बताउनु भयो । साहित्यकार खरेलले भन्नु भयो, ‘केक हाम्रो संस्कृति होईन ।’ ग्रामिण परिवेश सहित नेपाली संस्कृति र जातिय पहिचान दिने भनेर शुरु गरिएको महोत्सवको उदघाटन कसरी केक काटेर गरियो रु यो बिषय गम्भिर भएको खरेलले बताए ।
बिदेशी पाहुनाको समेत उपस्थिति भएको नेपाली संस्कृति झल्कने भनिएको महोत्सवको उदघाटन केक काटेर गर्नु गम्भिर त्रुटि भएको नेकपा जिल्ला सदस्य दुर्गा डाँगीले बताउनु भयो । डाँगीले भन्नु भयो, ‘हाम्रो संस्कृति भित्र नभएको बिषयलाई महोत्सव उदघाटन जस्तो महत्वपूर्ण कार्यमा प्रयोग गर्नु महोत्सव आयोजकको तर्फबाट भएको गल्ती हो ।’

मेचे जातिको पहिचान संग जोडिएको मेचीनगरमा मेचेजाती आफैले आफ्नो संस्कृति नृत्य देखाउन नसक्ने ठहर गरेर होकी मेचे गीतमा अन्य जातीका स्कुले बालिकाहरुलाई मेचे पहिरन लगाएर नृत्य गराईएको थियो । यो कार्यले मेचे समुदायलाई पनि खिन्न पक्कै बनाएको हुनुपर्छ ।
आयोजक समितिले महोत्सवको महत्व बुझ्न नसक्दा गम्भिर त्रुटि गरेको राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्यले बताउनु भयो । आचार्यले भने, ‘केक हाम्रो संस्कृति कसरी हुन सक्छ र महोत्सव उदघाटनमा केकको प्रयोग किन गरियो ।’

केक काट्ने संगै महोत्सव उदघाटनका लागि प्रमुख अतिथि मुख्यमन्त्री राईले बेलुन समेत उडाउने कार्यक्रम थियो । मञ्चबाट मुख्यमन्त्रीले बेलुन पनि उडाएउनु भएकै हो तर आयोजकको असावधानीका कारण मुख्यमन्त्रीले उडाएको बेलुन निक्कै समय स्टेजमा नै अडिएर आकाशमा उड्न पाएको थिएन ।स्टल बुकिङ शुल्क नलाग्ने भएपनि स्टलहरु धेरै खालीनै रहेको थियो ।

महोत्सवको सहसंयोजक घिमिरेद्वारा राजिनामा 

आजदेखि शुरु भएको छैठौ एशियन ग्रामिण पर्यटन महोत्सव मुल आयोजक समितिका सह संयोजक ज्ञानेन्द्र घिमिरेले आफ्नो पदबाट राजिनामा दिनु भएको छ । रेडियो साथीसंग कुरा गर्दै घिमिरेले आफ्नो कार्य ब्यस्तताका कारण महोत्सवमा समय दिन नसकेका कारण देखाउँदै आजैदेखि लागु हुने गरी सह संयोजक पदबाट राजिनामा दिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर