Aamsanchar

बिर्तामोडमा न्यु रेनो ट्राइबर सार्वजनिक

Author Image
आइतवार, फागुन ११, २०७६

चारपाने । पूर्वका कार प्रयोग कर्ताको लागि बिर्तामोडमा नयाँ मोडलको गाडीे आईतबार बाट बिक्री सुरुभएको छ ।
सहारा अटोमोवाईल्स प्रा.लि द्वारा बिर्तामोडमा संचालित रेनल्ट सोरुममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले नयाँ गाडी (न्यु रेनो ट्राइबर)को अनावरण गरेर बिक्री शुभारम्भ गरेका छन । नेपालमा एडभान्स अटोमोवाइल्सले रेनल्टका गाडी बिक्री गर्दै आएको छ ।  यसै क्रममा रेनो ट्राइबरलाई भर्खरै नेपाल ल्याएको हो ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँ तोकेको छ । ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।
रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तिन भेरियन्टमा उपलब्ध हुनेछ । तर, रेनोले भारतीय बजारमा यसलाई ७ सिट क्षमतामा बिक्री गरिरहेको छ ।
आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ ।

उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ ।
कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ । १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

सहारा अटोमोवाईल्स एण्ड कम्पनी प्राईभेट लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीको सभाध्यतामा आयोजना भएको थियो । कार्यक्रममा नेपालका लागि आधिकारिक बिक्रेता एडभान्स अटो मोवाईल्स प्रा.लि.का जिएम अधिरकुमार श्रेष्ठ, डिल सेल्स मेनेजर विपुल भट्टराई, सहारा अटोमोवाईल्सका सदस्य अर्जुन चुडाल, सहारा साकोसका कोषाध्यक्ष डम्बर देउजा, ग्लोवल आईएमई बैंक प्रदेश १ रिजनल मेनेजर कविन्द्र रेग्मी त्यसैगरी मुक्तिनाथ बैंकका रिजनल मेनेजर मनोज विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन शुक्रबहादुर तामाङले गरेका थिए ।

उद्घाटनकै दिन श्रेष्ठ सप्लायर्स चन्द्रगढीका संचालक रुकमिना चौहान श्रेष्ठले रेनो ट्राइबर खरिद गरेकी छन् उनलाई सोही कार्यक्रममा चावी हस्तान्तरण गरिएको थियो । त्यसैगरी चार वटा गाडी बुकिङ भएको छ, गाडी बुकिङ गर्नेहरुमा बिर्तामोडका हरि धिमाल, ताराबहादुर दाहालले रेनो ट्राइबर त्यसैगरी दमककै देउकुमार राईले क्विड, बिर्तामोड बैशाबाडीका लक्षमण खतिवडाले डस्टर बुकिङ गरेको रेनल्ट सोरुममा बिर्तामोड प्रमुख ओमप्रकास विमलीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर