Aamsanchar

प्रधानमन्त्री द्वारा यासोक खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन

Author Image
आइतवार, फागुन ११, २०७६

पाँचथर । प्रदेश १ पाँचथरको कुम्मायकको यासोकमा आईतबार खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन भएको छ । ।

आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको उद्घाटन गरेक हुन् ।

पचास वर्षअघि यस ठाउँमा बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पु¥याउने होला भन्ने त्यो चिन्ता थियो’, यी स्थानमा बिजुली, बाटो र खानेपानी पुगेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उद्घाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङसँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।’ उनले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको बताए ।

यासोक बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक रु एक करोड २० लाख शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा सकारात्मक प्रधानमन्त्रीले भने, ‘देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उनको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर