Aamsanchar

राजधानीको दुई ठाउँमा लुकाई राखेको ३ लाखबढी मास्क बरामद

Author Image
आइतवार, चैत २, २०७६

काठमाडौं । राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो ।

कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । यस्तै सतुंगलबाट पनि डेढ लाख भन्दा बढी मास्क बरामद भएको बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर