Aamsanchar

आपतकालीन क्वारेन्टाइन स्थापना गर्न स्थानीय तहलाई झापाका प्रजिअको आग्रह

Author Image
मङ्गलवार, चैत ४, २०७६

भद्रपुर। झापामा कोराना भाइरसविरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइन तयारी गर्न प्रमुख जिल्ला अधिकारीले सबै स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।
सोमबार बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउनका लागि प्रदेश नम्बर १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग गरिरहेको जनाउँदै सबै पालिकालाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो ।

‘सीमा नाकाहरुमा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो संक्रमित कोही छैन’, उहाँले भन्नुभयो, तर भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्या हुँदैन ।’ प्रजिअ मगरले सबै पालिकालाई वडावडा सम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाकाहरु काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरिरहेकोे बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर