Aamsanchar

झापाका ग्रामिण क्षेत्रका नागरिकका लागि खुशीको खबर

Author Image
मङ्गलवार, चैत ४, २०७६

बिर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाका चारवटा सडक निर्माणाधीन रहेका छन् । एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा झापाका चारवटा सडक निर्माणाधिन रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले जनाएको छ ।

सडक निर्माणको काम काठमाडौंको ललितपुरस्थित जेडसीजीटेक आशिष प्रेरा जेभीले गरिरहेको आयोजना झापाका प्रमुख शम्भू कार्कीले बताए । २०७५ साल बैशाखबाट निर्माण शुरु भएका चार सडकहरुमा चारपाने– चैतुवारी,– मोतिगढ– साधधुकुटी– घोडामारा – राजगढ, अमलडाँगी–समयगढ–बाँँसबारी – सोलमारी, खर्साङवारी–जलथल–मंगलवारे–बाहुनढोका–अधिकारी चौक रहेका छन् । चारवटै सडक पाँच वर्ष भित्र निर्माण सम्पन्नन गर्नुपर्ने सम्झौता अनुसार अहिले सडक निर्माण निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । निर्माण अवधि दुई वर्ष, त्रुटी सच्याउने अवधि एक वर्ष कार्यसम्पन्नको आधारमा मर्मत दुई वर्षसम्म गर्नु पर्ने बताइएको छ ।

चारवटा सडक निर्माणका लागि ६७ करोड ९३ लाख ७९ हजार रुपैयामा ठेक्काा सम्झौता भएको हो । एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तरगत ग्रामीण सडक सञ्जााल सुधार आयोजना सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर