Aamsanchar

झापाका दुई अस्पतालमा १० बेडको आइसोलेसन स्थापना

Author Image
शुक्रवार, चैत ७, २०७६

बिर्तामोड । झापाका दुई ठुला  अस्पतालमा १० बेडको आइसोलेसन स्थापना गरिएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि झापामा सतर्कता अपनाइएको हो । जिल्लाका सबै हेल्थ डेस्कबाट ५२ हजार ७१५ जनाको परीक्षण गरिसकिएको छ । झापामा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। पीताम्बर ठाकुरका अनुसार भद्रपुरको मेची अञ्चल अस्पतालमा दुईवटा आइसियुसहितको पाँच बेडको आइसोलेसनको व्यवस्था गरिएको छ । त्यस्तै, बिर्तामोडको बिएन्डसी अस्पतालमा पाँच बेडको आइसोलेसन व्यवस्था गरिएको छ ।

सरकारले भद्रपुरको कलवलगुडीमा बिहीबारदेखि ३० जना क्षमताको सुविधासम्पन्न क्वारेन्टाइन सञ्चालनमा आइसकेको जिल्ला प्रशासन कार्यालय झापाको विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चम्लागाईंले जानकारी दिएका छन ।

उनका अनुसार भारतसँग सीमा जोडिएका स्थानमा धमाधम हेल्थ डेक्स स्थापना भइरहेको छ । जिल्लाका मेचीनगर (काँकरभिट्टा), भद्रपुर (विमानस्थल र मेची नदी किनार), कचनकवल (केचना), झापा (कुमरखोद), गौरीगञ्ज गाउँपालिकाका सीमा नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ ।

डा. ठाकुरका अनुसार मेची अञ्चल अस्पताल र बिएन्डसी अस्पतालका ल्याबका दुईदुईजनालाई रगतको नमुना संकलनका लागि प्रशिक्षण दिइएको छ । उनीहरुलाई तयारी अवस्थामा राखिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर