Aamsanchar

विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन कार्य पहिलो प्रार्थमिकता बनाउ : एसपी कोईराला

Author Image
आइतवार, चैत १६, २०७६

यतीवेला कोरोना भाईरस (कोभिड १९) विश्वमा फैलिनेक्रम तिब्र रुपमा बढीरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन । विश्वमा आज सम्म ६६३८२८ मा केरोना संक्रमण भईसकेको छ भने ३०८२८ को मृत्यु भईसकेको छ, १२९४५१ जना निकोभएर घर फर्किसकेका छन । नेपालमा ५ जनामा संक्रमण फेला परिसकेको छ १ जना निको भएर घर फर्किएका छन ।

आज सम्म झापामा कति जन क्वारेनटायनमा राखिएको छ, कति आईसुलेसनमा छन भन्ने जनाकारीमा होम क्यारेन्टानमा ५६३, सामाजिक क्यारेन्टायनमा ७६ जना र आईसुलेसनमा २ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जीवन चौलागाइँले जानकारी दिएका छन ।

जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईराला यस्तो भन्छन ।

झापामा दुवईबाट आएका १० जना कहाँका हुन के गर्दैछन अत्तोपत्तो छैन । कतारबाट आएका ७ जना प्रहरीले पत्ता लगाई सकेको छ ।
झापामा कोरोना भाईरस फैलिने सक्ने अत्यन्तै जोखिम जिल्ला रहेको छ । तर केही नागरिक र जनप्रतिनिधीहरु सम्वेदनशिल बन्न सकेका छैनन्  झापा केही जनप्रतिनिधी र सचेत नागरिकले भने बढो सावधानी पूर्वक काम पनि गरिरहनु भएको छ । केहीले मात्र गरेर नहुने विषय भएकोले आम झापाका स्थानिय सरकार वडाअध्यक्ष र नागरिक  समाज लागि पर्नुपर्ने हुन्छ ।  भोलीको स्थिती कहालीलाग्दो र भयावह नहोला भन्न सकिन्न । सार्क बाहिरबाट आउनेहरुको कुनै पूर्ण तथ्याङक संकलन हुन नसक्नु, भारत, वंगलादेशबाट लकडाउन अघि र भोलीपल्ट भित्रिएका हजारौंको अवस्थाबारे स्थानिय सरकार बेखर बन्नु ठुलो कमजोरी भएको बताउछन । उनले भने ५–६ दिनमै लक्षण नदेखिएको पनि हुनसक्न, अवको ५–६ दिनको अवस्था के थाहाँ कस्तो हुन्छ, भयावह बन्न पनि त सक्छ, खोई झापाको तयारी के यस्तै तयारीले भाईरसको सामना गर्न सकिन्छ ?

अहिले अवस्था समान्य हुदाँ त जनप्रतिनिधी घरमा चुक्कुल ठोकेर बसेर प्रहरीकै मात्र भर परिरहेका छन, के यो अवस्थामा प्रहरीले मात्र गर्न सक्ने अवस्था हो ? जनप्रतिनिधीले हातधुने बाल्टी राखेर मात्र हुन्छ, आफनो क्षेत्रमा विदेशबाट आएकाको विवरण संकलन गर्नु पदैन ? खोई के छ तथ्याङक ? सामाजिक संजालमा कुरा गरेर मात्र सस्तो लोकप्रियता कमाउन खोजिनु राम्रो नहुने सुझाए ।

प्रहरीले रातदिन विना कुनै सुरक्षा साधन  खटिई रहदा पनि प्रहरीले केही गरेर लकडाउन उलंघन भयो भनेर प्रहरीको दोष देखाउनु गलत हुन्छ । प्रहरीले चोकचोक गल्ली गल्लीमा पुगेर सम्झाई रहेको छ, नागरिक आफै सचेत हुनुपर्ने हो यो वेला हाम्रो लागि सरकारले गरिरहेको छ भनेर बुझे पनि नबुझैगरेर लकडाउनको बेला बाहिर निस्कने काम हुनु जोखिमलाई तिम्तो दिनु हो । स्थानिय सरकार प्रखुम जनप्रतिनिधीले पनि आफ्ना नगर वडाका नागरिकलाई लकडाउनको पालना गर्न भन्नु पर्यो ।

अब प्रहरी व्यक्ती व्यक्तीलाई आग्रह गरिरहने फुर्सदमा छैन । त्यसै पनि सिमित जनशक्ती त्यसमा पनि अन्य विषयका मुद्धामा पनि ध्यान दिनु पर्ने हुन्छ । अव पनि जनप्रतिनिधी सक्रिय नहुने हो भने अवस्था जटिल बन्न सक्छ । नागरिक सचेत नबन्ने हेल्च्याक्राई गरेर चोकचोकमा भिड लाग्ने हो भने भोली तपाईको लास बोक्ने आफन्त पनि नहुन सक्छन त्यती खेर तपाईको लास बोक्ने काम पुलिसले नै गर्नु पर्ने हुन्छ त्यसैले आफू बाच्न र अरुलाई बचाउन आजैबाट प्रहरीलाई सघाउन आग्रह पनि गरे  ।

वैदेशिक रोजगारबाट फर्किएकाहरुले स्थानीय प्रशासन वा प्रहरीमा जानकारी दिन आग्रह गरेका छन् । उनले यसका लागि टोल विकास समिति, टोल सुधार समितिहरु सक्रिय हुनु पर्ने धारणा राखेका छन् ।
स्थानीय बासिन्दाले समेत यस प्रकारको सूचना दिएर सहयोग गर्न कोइरालाले आग्रह गरेका छन् । हरेक टोल–टोलमा स्थानीय नागरिककै पहलमा निगरानी जरुरी रहेको भन्दै प्रहरी उपरीक्षक कोइरालाले आम नागरिकलाई सुरक्षित हुन आव्हान् गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर