Aamsanchar

लकडाउन भयो सजिलो, बिर्तामोड भद्रपुर रोड निर्माणकार्य तिब्र

Author Image
बुधवार, वैशाख १७, २०७७

बिर्तामोड । लकडाउन बन्दाबन्दीले धेरै क्षेत्रलाई प्रभावित पारे पनि झापाको बिर्तामोड भद्रपुर सडक निर्माण कार्यमा भने लकडाउने सहजता गराएको छ । बिर्तामोडमोड हुदै झापाको सदरमुकाम जाने यस बाटो अन्य समयमा अत्यन्तै भिडभाड हुने गरेको थियो ।

सो सडक खण्डमा व्यवसायिक केन्द्रहरु पनि धेरै भएकाले सर्वसाधारण उपभोक्ताको चहलपहल, अटोरिक्सा लगायतका साधनको चाप पनि उत्तिकै धेरै हुने गरेकोले दैनिक ट्राफिक जाम र सडकमै सवारीहरु पार्कीङ गरिनु पर्ने बाध्यता अर्को ठुलो समस्याको रुपमा रहने गरेको थियो । यस्तै अरु कयौं समस्याकाबिच सडक निर्माणकार्यमा झन ठुलो चुनौती त छदै थियो अझ धुलोले काक्रान्त बनाउने गरेको थियो ।

तर यतीवेला लकडाउनले सुनसान छ यो क्षेत्र, यसै सुनसान बन्दाबन्दी सडक निर्माणकार्य गर्न अत्यन्तै अनुकुल समय भएको छ । बिर्तामोड नगरपालिका र अन्य सरोकार पक्षले पनि यसै समयमा सडक निमार्णकार्यलाई निरन्तरता दिने निर्णय गरेपछि यतीवेला सडक निर्माणलाई तिब्र रुपमा अघि बढाइएको निर्माण कम्पनी कञ्चन निर्माण सेवाका संचालक केदार गिरीले बताएका छन ।

बिर्तामोडबाट दक्षिण तर्फ ४ किलो मिटर दुरी सम्म चार लेनको सडक निर्माण भईरहेको छ ।

सडकको दुवै तर्फ नाली ड्रेनको काम पनि धमाधम भई रहेको छ । यही गतीमा काम भईरहने हो भने लकडाउनकै विचमा सडक निर्माण सम्पन्न हुने संकेत देखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 642

प्रतिक्रिया (०)

सम्बन्धित खबर