Aamsanchar

काँकरभिट्टामा सयौं भारतीय नागरिक अलपत्र

Author Image
शनिवार, जेठ १७, २०७७


काँकरभिट्टा । भारत पक्षले नेपालबाट आउनेलाई प्रवेश आज्ञा नदिए पछि झापाको मेचीनगर नगरपालिका स्थित नेपालको पूर्वीनाका काँकडभिट्टामा सयौं भारतीयहरु अलपत्र परेका छन् ।

भारतीय पक्षले आफ्ना नागरिकलाई प्रवेश नदिए पछी हिजो देखि काँकरभिट्टाको बस पार्क लगायतका क्षेत्रमा सयौंको संख्यामा नेपालबाट भारत जान नपाएर रोकिएका हुँन ।

लकडाउन अघि तनहु जिल्लाको दमौलीमा दैनिक ज्यालादारी गर्दै आएका मोहम्मद अब्दुल महारुफ सहित १२ जनाको टोली यतीवेला पूर्वी नाका काँकडभिट्टा आएका छन त्यस्तै नेपालका विभिन्न जिल्लाबाट काँकडभिट्टा आउनेको संख्या बढदै छ । महारुफका भन्छन नेपाली पक्षले सीमापार गर्न कुनै अवरोध सिर्जना नगरे पनि भारतीय सुरक्षाकर्मीले जून १ तारिक भन्दा अगाडी प्रवेश गर्न नमिल्ने बताए पछी उनि लगायत सयौं भारतिय भोक प्यास खप्दै सीमा क्षेत्रमा बसन बाध्य बनेका छन ।

आफूसंग भारतको पश्चिम बंगाल सरकार द्वारा जारी प्रवेश पास हुदाँ पनि भारतिय पक्षले प्रवेश दिन न मानेकोमा आफ्नै देशले गरेको व्यवहार प्रति दुःखी बनेका छन उनिलगायत । सेख अहिले ५ महिला ,३ पुरुष सहित काकरभिट्टाको सडकमा बस्न बाध्य भएका छन् । मोहम्मद र सेख सद्लु झैँ धेरै भारतीय नागरिक आवश्यक कागजात पेश गर्दा पनि आफ्नै सरकरले प्रवेश गर्न नदिदा आक्रोशित भएका छन् ।


यसरी नाकामा अलपत्र पर्नेमा धरान, इनरवा, दमौली, उदयपुरमा बाट आएका नागरिकहरु रहेका छन् । काकरभिट्टा प्रहरी संग जिज्ञाशा राख्दा आफुले कुनै अवरोध सिर्जना नगरेको तर भारतीय सिमा सुरक्षा बलले लिन नमाने पछि बाध्य भएर फर्काउनु परेको प्रहरकिो भनाई छ ।

उता भारत बाट नेपाल आउने नेपाली नागरिक लाई भने कुनै अवरोध गरिएको छैन । भारतको कोलकोता, दार्जिलिङबाट मात्र आज लगभग ४० देखि ५० जना नेपाली नेपाल भित्रिएका छन । यसरी प्रवेश हुनेलाई सम्बन्धित निकाय संग समन्वय गरेर सुरक्षित ढंगले आवसेकता अनुसार होल्डइंग एरिया, मा पठाउने व्यवस्थापन नेपाल सरकारले मिलाएको छ । नेपाल फर्किने क्रममा केहि नागरिक भने साइकलमा फर्किएका छन् । यसरी अलपत्र परेका हरुलाई सत्य साई केन्द्रले निशुल्क भोजन को खुवाउने काम गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर