Aamsanchar

विश्व खेलकुद पत्रकार दिवस

Author Image
बिहिवार, असार १८, २०७७

राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्य धेरै छौ । क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र ? यसरी खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वधन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईन्छ है । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो ।

जोखिमपूर्ण रेसहरुमा ठूलाठूला क्यामरा लिएर उचाईमा बसेर ज्यानको पर्वाह नगरि छायाकंन गर्ने पत्रकारहरुका कारणले हामीले प्रत्यक्ष र स्पष्ट श्रब्यदृश्यहरु हेर्न घर बसीबसी पाँउदछौ । यसता कार, मोटरसाईकल, वाटरबोट, एफ वान लगायत थुप्रै रेसहरु छायांकनका क्रममा आकाशमा हेलिकप्टर, जमिनमा बकंर लगायत बनाएर क्यामराका लेन्सले ज्यान हत्केलामा राख्दै छायांकन गर्ने पत्रकारहरु सदैव छाँयामा रहन्छन् । कतिपय अवस्थामा समाचार सम्प्रेषणका क्रममा मृत्यूवरण गरेका पत्रकारहरुको नाम समेत हामीले चाल पाँउदैनौ, आज विश्वले तिनै बहादुर र कर्तब्यनिष्ठ पत्रकारहरुलाई संझना गर्दछ ।

खेलकुदको कुनै देश या भाषा हुँदैन तसर्थ अफ्रीकाका धावकहरु एसियामा र एसियाका पौडीवाजहरु अफ्रिकामा, यूरोप अनि अमेरिकासम्म प्रचलीत हुन्छन् । नेपालका ग्रामीण चियापसल सम्ममा मेस्सी, बेक्याम्प, रोनाल्डोसम्मका फोटाहरु सहृदय टाँसिएका हुन्छन् । खेलकुद मोहका लागि यि प्रमाणहरु नै काफी छैनन र रु ति तस्वीरहरु पनि यस्तै कुनै खेलपत्रकारले मेहनत गरेर खिचेका हुन्छन्, यदि यि खेलपत्रकार नहुने हुन भने खेलकुदको बजार र परिवेश नै संकुचित हुन पुग्दछ है ।

खेलपत्रकार हुन जोखिम र मेहनत मात्र नभई ज्ञान पनि उत्तिकै हुन जरुरी छ । खेलको पूर्ण ज्ञान, नियम अनि अभ्यासहरुको चिन्तन मनन र समालोचनात्मक सोच भएका पत्रकारहरु मात्र खेल पत्रकार हुन सक्दछन् ।

स्मरण गरौ पौडीवाजले पौडी खेलिरहेको दृश्य टिभीमा हामीले हेरिरहँदा एउटा खेल पत्रकार पानीमा भिजेर क्यामराका साथ पौडी खेल्दै पौडी प्रतियोगीहरुलाई पछयाईरहेको हुन्छ है । अझ खेलकुदको महाकुम्भ जस्तै विश्वकप फुटबल, क्रिकेट लगायतहरुमा खेलपत्रकारहरुको योगदान र मेहनत तारिफयोग्य हुन्छ । हामीहरु खेलकुद बासी हेर्न मनपराँउदैनौ तसर्थ प्रत्यक्ष प्रसारण गर्नकालागि साना भन्दा साना त्रुटिहरु नगरेर हामीमाझ जस्ताको त्यस्तै खेल अनि परिणाम ल्याउने विश्वभरिका सकल खेलकुद पत्रकारहरुलाई हाम्रो पात्रोको नमन । नेपालमा खेलकुद पत्रकारलाई औपचारीक व्यवसाय या आँउदा पुस्ताको सपनाका रुपमा खासै देखेको पाइन्न, अबका दिनमा खेलकुद पत्रकारिताको नक्षत्र नेपालमा पनि बढेर जाओस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 546

प्रतिक्रिया (०)

सम्बन्धित खबर