Aamsanchar

शिक्षक–कर्मचारीहरुलाई बेतलबी बिदा दिने निजी विद्यालय सञ्चालकको निर्णय

Author Image
बुधवार, असार ३१, २०७७

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् ।
प्याब्सनका अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफूहरुका माग पुरा नगरेकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका छन् ।

प्याब्सन तथा एनप्याब्सनले मुलुकभर लगभग ३० लाख विद्यार्थीहरु निजी विद्यालयमा अध्ययनरत रहेको र करीव २ लाख ५० हजार शिक्षक–कर्मचारीले रोजगारी पाएको जनाएका छन् । तर उनीहरुलाई वैशाख महिनादेखि तलब उपलब्ध गराउन नसकिरहेको र उनीहरु भोक–भोकै रहनु पर्ने अवस्था आएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)