Aamsanchar

मेनुकालाई बचाउन कनकाईमा समिति गठन

Author Image
बिहिवार, साउन १५, २०७७

चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुरमा मेनुका ढुङगेल (बास्तोला) बचाउन अभियन समिति गठन गरिएको छ ।
विगत ४ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित बन्न पुगेकी ४३ बर्षिया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको सिभिल अस्पताल परिसरमा छटपटाई रहेकी छिन । उनको उपचारको लागि अव घर परिवार संग खर्च जुटाउने सबै विकल्पहरु समाप्त भएपछी समुदाय प्रति सहयोगको लागि अपील गर्दै बुधबार परिवारका सदस्य चन्द्र ढुङगेल र केदार ढुङगेलको संयोजनमा हिमाली माध्यमिक विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम तथा सामाजिक भेला मार्फत सहयोग संकलन समिति गठन गरिएको हो ।

गठित समितिमा कनकाई–८का वडाध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा संघसंस्थाको प्रतिनिधी सहितको समिति गठन भएको छ । समितिको उपाध्यक्षमा हिमाली माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझा, सचिव हिमाली माविका शिक्षक छविलाल कट्टेल, कोषाध्यमा परिवारकी सदस्य गीतादेवी निरौला, त्यसैगरी सदस्यहरुमा संस्थाहरु रहेका छन । कनकाई उद्योग बाणिज्य संघ, सुरुंगा जेसीज, लायन्स क्लवअफ कनकाई सुरुंगा, रोटरी क्लव अफ सुरुंगा, कनकाई खेलकुद प्रतिष्ठान, लक्ष्मीपुर बजार व्यवस्थापन समिति, होलिवेशिल बोडिङ स्कुल अर्जुनधारा–५, लक्ष्मीपुर खानेपानी तथा सरसफाई संस्था, झापा बस्तु तथा सेवा संरक्षण संघ, छठ सेवा समाज सुरुंगा र अर्जुनधारा– वडा कार्यालय रहेका छन ।

मेनुका ढुङगेल बास्तोला बचाउन अभियान अन्तरगत आर्थिक संकलन समितिले एक हप्ता भित्रमा आवसेक पर्ने रकम समुदायको सहयोगबाट संकलन गरिसक्ने प्रतिवद्धता गठित समितिले गरेको अध्यक्ष प्रेमबहादुर कटुवालले बताए ।
सहयोगि मिडियामा हाउसमा आमसंचार डटकम, पूर्वाञ्चल दैनिक, कनकाई अनलाईन रहेका छन ।

यस्तो छ मेनुका र परिवारको अबस्था
भएकोे केही रकम र सरसापट गरेर हाल सम्ममा १२ लाख उपचारमा खर्च भईसकेको छ अझै ७ लाख भन्दा माथी खर्च लाग्ने अस्पतालले बताएको कुरा छिमेकी अर्जुन रेग्मीले बताए । अब कतैबाट रकम जुटाउन सक्ने अवस्था छैन, नरनाता आपन्तहरु संग १०–२० हजार गरेर माग्नु पर्ने ठाउँमा मागी सकेका र भएको केही धुर जग्गा पनि पहिलेनै धितो राखेर उपचारमा खर्च गरेको जानकारी पाएको अर्का छिमेकी टेकबहादुर गिरीले बताए ।

घरमा ७० बर्षिया सासु छिन छोरो पनि दुःख भोगी रहेका छन । बुहारी रोगले तड्पिरहेको अवस्थामा आफूलाई बेलाबेला सम्हान सक्न छोडेकी छन् मेनुकाकी सासु (सालदिदी) हालसम्म जेनतेन उपचारमा खर्च जुटादै आए अब केही छैन म कसो गरौं बुहारी बाचाई दिनु भन्दै बिलउना गरिरहेकी छिन ।
मेनुकाका श्रीमान् कुलप्रसाद विदेशमा छन तर विदेश भन्नुको मात्र एक बर्ष देखि काम नभएर दुईगाँस जुटाउनै मुस्किलमा परेका छन । यतीवेला आसुको धारा बगाउदै बिरामी श्रीमती सम्झीरहेका छन । बुढीआमाको अवस्था पनि उनको लागि चिन्ताको विषय छ । स्वदेश आउन उनिसंग खर्च पनि छैन कम्पनीले काम पनि दिदैन । मानसीक पिडांमा बाच्न बाध्य बनेका छन कुलप्रसाद । छोरा पनि लकडाउन अगाडी परिवारको दुःखलाई मल्हम लगाउन खाडीमुलुक पुगे तर दुःखीलाई जहाँ गएपनि दुःखै भोग्नु पर्ने भनाई उनिमाथी सार्थक भएको छ । ऋण गरेर गएको छोराको अवस्था झन कम्जोर र कहाली लाग्दो छ, जाने वित्तिकै काम बन्द भयो स्वदेश फर्कन पनि पाएका छैनन ।
डाक्टरको भनाई उध्रित गर्दै परिवारका सदस्य चन्द्र ढुङगेल भन्छन उपचार पाउँदा बाच्न सक्ने सम्भावना ५० प्रतिशत भन्दा धेरै रहेको छ । हुन पनि मानिस बाच्नको लागि झिनो आशालाई त बुलन्ध बनाएर बाच्ने र बचाउने अठोट लिएका हुन्छन । मेनुकाको बाच्ने आशा आधा भन्दा धेरै हुनु परिवार र समाजको लागि त्यो भन्दा खुशीको क्षण अरु के नै हुन्छ होला ।

समाजमा मिलनशार, मृदुभाषी, सहयोगी मेनुकालाई बचाउन रकम सहयोग संकलन गर्न समिति गठन भएकै दिन केहीले सकेको आर्थिक सहयोग गरेका छन । सहयोग गर्नेहरुमा त्रिलोचन चिमरिया सुरुंगा ५ हजार, लिलाबहादुर कटुवाल लक्ष्मीपुर २ हजार, टेकबहादुर बस्नेत लक्ष्मीपुर २ हजार ५ सय, केशव ओझा लक्ष्मीपुर ५ हजार, सुनिता सिग्देल लक्ष्मीपुर ५ हजार, गीताराज खड्का लक्ष्मीपुर ५ हजार, शुसिल श्रेष्ठ घैलाडुब्बा ५ हजार, थानारायण गिरी लक्ष्मीपुरबाट ५ हजार संकलन भएको छ ।

यसअघी केही दाताहरले सहयोग गरिसकेका छन सहयोग गर्ने दाताहरमा नेपाल सरकारबाट १ लाख, पाटन हस्पिटल २ लाख, गोपाल ढुङगेल सिक्किम १६ हजार, मिनकुमार ढुङगेल १६ हजार ३ सय, देवीका ढुङगेल कालेबुङ ८ हजार, गंगा ढुङगेल कलेबुङ ८ हजार, दुर्गा ढुङगेल भारत बंगाल १६ हजार, लक्ष्मण ढुङगेल काँकरभिट्टा १० हजार, जयप्रसाद ढुङगेल गोलधाप १५ हजार, चन्द्रप्रसाद ढुङेल सुरुंगा २० हजार, मन्दिरा ढुङगेल लक्ष्मीपुर ५ हजार, रोहित भट्टराई भारत बंगाल २ हजार ५ सय, ईन्दिरा ढुङगेल अमेरिका १० हजार त्यसैगरी ढुङगेल बन्धु अष्ट्रेलियाबाट ४० हजार, डम्बर–केदार ढुङगेल बुधबारेबाट १६ हजार, छरछिमेकबाट २० हजार, स्थानिय सत्संग मण्डलीबाट १० हजार संकलन भएको भेलामा जानकारी दिईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर