Aamsanchar

कोरोना त्रासमा इलाम, सूर्योदय नगरपालिका अनिश्तिकालीन लकडाउन

Author Image
बिहिवार, साउन २२, २०७७

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले अनिश्तिकालीन लकडाउन गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिको बिहीबार बसेको आकस्मिक बैठकले कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै आज राति १२ बजेदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिका प्रमुख रणबहादुर राईका अनुसार नगरपालिका क्षेत्रमा कोरोनाको प्रकोप समुदायमा नफैलियोस् भन्ने उद्देश्यका साथ लकडाउन गर्ने निर्णय भएको हो ।

सूर्योदय नगरपालिकामा आजैमात्र वडा न ११ स्थित शसस्त्र प्रहरी बल आइतबारेमा कार्यरत एक प्रहरी जवानमा कोरोना भाईरस देखिएपछि उक्त क्षेत्र सिल गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 587

प्रतिक्रिया (०)

सम्बन्धित खबर