Aamsanchar

अर्जुनधाराको टोल टोलमा मुख्यमन्त्री राई

Author Image
बिहिवार, साउन २९, २०७७

अर्जुनधारा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका विभिन्न गाउँ, टोलमा पुगेर कृषि समूहमा आवद्ध साना कृषकहरु संग भेटघाट गरेका छन् ।

नगरभित्र सम्पन्न भएका र प्रस्थाव गरिएका कृषि अयोजनाहरुको उद्घाटन र अनुगमन गर्न प्रदेश सरकार प्रमुख राई सहित कृषि राज्य मन्त्री राम राना कार्यक्रममा सहभागी रहेका थिए ।

मुख्यमन्त्री राईले कृषि सडक, धार्मिक पर्यटन, आभास, औधोगिक ग्राम, दुग्ध संकलन केन्द्र लगायत ९ वटा कार्यक्रममा सहभागिता जनाए । मुख्यमन्त्री राईले अर्जुनधारा ९ मा मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत निर्मित कालोपत्रे सडकको उदघाटन गरेका थिए । त्यस्तै, अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा निर्माण गरिएको श्रीकृष्ण र अर्जुन सवार रथको अनावरण, अर्जुनधारा १ को सिस्ने र अर्जुनधारा २ को बेल्टारमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को पनि मुख्यमन्त्री राईले उद्घाटन गरेका थिए । त्यसैगरी अर्जुनधारा ३ मा निर्माणाधीन सामुहिक आवास गृहको अवलोकन, सो आवास गृहमा १ सय बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ ।

बिहीबार नै नगरपालिकाले प्रस्ताव गरेको औद्योगिक ग्राम क्षेत्रको पनि मुख्यमन्त्री राईले अवलोकन गरेका छन् । यसैबीच, मुख्यमन्त्री राईले नगरका पार्टीका नेता, कार्यकर्ता संग भेटघाट गरे । भेटघाटका क्रममा पार्टीमा हाल उत्पन्न भएको विवाद र त्यसको समाधान हुने् आश्वासन राईले दिएका थिए ।

अर्जुनधारा नगर क्षेत्रमा रहेका उद्योगी, व्यापारी, सहकारीकर्मी र राजनीतिक दलका नेता, कार्यकर्तासँग पनि भेटघाट गरेका छन् । त्यसैगरी कार्यक्रममा संघिय सांसद पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेश सांसद वृर्ख प्रधान, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर प्रमुख, उपप्रमुखले मुख्य मन्त्रीलाई बोलाएर नगरका साना कृषक, कृषि समूहका समस्याहरु मुख्यमन्त्रीलाई प्रत्यक्ष भेटेर राख्ने अवसर जुराई दिएको भन्दै स्वाबलम्बी दुग्ध संकलन केन्द्र आर्जुनधारा १ की अध्यक्ष स्मिता पराजुलीले नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला आचार्यलाई धन्यवाद दिदै खुशी व्यक्त गरिन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका कार्यकारी प्रमुख पंकज भुर्तेलले शनिस्चरे बजारमा रहेको रथ अनावरण कार्यक्रमको सहजिकरण गरेका थिए ।

पुरानो परंपरालाई हेर्दा सरकारका मुख्य ओहोदामा रहने मन्त्रीहरु दुर्घम दुरदराज जाने चलन थिएन, अनेकौ निम्तो गर्दा पनि मन्त्रीहरु ग्रामिण क्षेत्र कमै मात्र पुग्ने गर्थे । त्यस्तै सोच मनन गर्दै कतिपयले मुख्यमन्त्री जस्तो ठुलो मान्छेले यस्तो सानो कार्यक्रममा किन सहभागी जनाएको भनेर कौतुहलता प्रकट गरिरहेका थिए । यस्तै जिज्ञाषा आमसंचारले नगर प्रमुख रानालाई राख्दा प्रदेश सरकारको लगानी र मुख्य मन्त्री ग्रामिण सडक सम्पन्न भएकोले मुख्य मन्त्री राईको उपस्थिती अनिवार्य रहेको नगर प्रमुख रानाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 450

प्रतिक्रिया (०)

सम्बन्धित खबर