Aamsanchar

झापा माईधारका मोती भट्टराईको घरमा शंकास्पद बस्तु फेला, माइधारवासी आतंकित

Author Image
आइतवार, भदौ ७, २०७७

माईधार । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।

वडा नं १० का मोती भट्टराईको घरमा नरिवलको डोरीले बाँधेर पोको पारेको शंकास्पद वस्तु फेला परेको झापा प्रहरीले बताएको छ । सो वस्तुमा विद्युतीय तार समेत राखिएको भएकाले स्थानीय डराएका छन् । यद्यपि कतिपय स्थानीयले उक्त वस्तु तिजको चौथि खेल्नेक्रममा कसैले व्यक्तिको घर भित्र राखेर स्थानीय र प्रहरीलाई दुःख दिएको बताएका छन् ।

बिहान साढे ६ बजेतिर भट्टराईकी श्रीमती ईश्वराले खाना खाने डाइनिङ टेबलमा शंकास्पद बस्तु देखेकी थिइन् । उनका अनुसार राति १ बजे भन्दापछि उक्त बस्तु राखिएको हो ।

स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि सो क्षेत्रमा प्रहरीले घेरा हालेको छ । नेपाली सेनाको प्राविधिक टोली घटनास्थल भएर शंकास्पद देखिएको उक्त वस्तुलाई व्यवस्थापन गर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर