Aamsanchar

दुर्गापुरमा अनिश्चितकाल लकडाउन घोषणा

Author Image
बुधवार, भदौ १०, २०७७

कनकाई । कोराना भाइरसको संक्रमण समुदायमा फैलिएको आशंका गर्दै कनकाई नगरपालिकाले दुर्गापुर बजार क्षेत्रलाई अर्को सुचना जारी नहुन्जेल सम्मकालागि अतिआवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कनकाई नगरपालिका वडा नं.१ मा घर भई वडा नं.७ को दुर्गापुर बजारमा औषधी व्यवसाय संचालन गर्दै आएका ४० वर्षिय एक पुरुषलाई कोरोना संक्रमण पुष्टी भएपछि नगर कार्यपालिकाको आकस्मिक बैठकले दुर्गापुर बजार क्षेत्र अनिश्चितकालकालागि बन्द गर्ने निर्णय गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुदप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

दुई हप्ता अघि साउन २८ गते ३४ जनाको स्वब संकलन गरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालामा भएको पिसिआर परिक्षणबाट भदौ ४ गते ३२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर ती पुरुषसहित अन्य एक जनाको रिपोर्ट आउँन ढिला भएसँगै कनकाई नगरमा अन्यौलता छाएको बताइएको छ । हाल संक्रमित पुरुषलाई कनकाई नगरपालिकाले स्थापना गरेको कोटीहोमस्थित आचार्य बन्धु भवनको अस्थाई आइसोलेशनमा राखिएको बताइएको छ ।

कोरोना संक्रमण पुष्टी भएका ती पुरुष स्वब संकलन भएदेखि नै आफ्नो निजी पेशा औषधी व्यवसायको क्षेत्रमा निरन्तर कार्यरत भएका कारण समुदायमा कोरोना संक्रमण भएको हुन सक्ने भन्दै स्थानीयबासीको कन्ट्रयाक ट्रेसिङ गर्नकालागि केही दिन बजार क्षेत्र बन्द गर्नु परेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर