Aamsanchar

गतिशीलता नै जीवन हो, स्वास्थको ख्याल राखौ (विश्व फिजियोथेरापी दिवस)

Author Image
मङ्गलवार, भदौ २३, २०७७

मान्छेको प्रार्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध स्थापित गर्दछ अनि मान्छेलाई सामाजिक बनाँउदछ, हैन र ?

बिभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासवाट बिमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरुको सीप अनि अध्यनको आवश्यक्ता पर्दछ । यसै आवश्यक्तालाई ध्यानमा राखेर हरेक बर्षको सेप्टेम्बर ८ मा बिश्व फिजियोथेरापी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइन्छ ।

सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले बिश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात मालीस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरुको शुरुवात गरेको हो ।

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनें फिजियोथेरापीको प्रथम कलेज भनें अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम बिश्वयूद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।

नेपालमा भनें फिजियोथेरापीको ईतिहास कोट्याँउदा नयाँ चिकित्सा पद्धतीका रुपमा केही दशक अगाडीमात्र केही निजी अस्पतालहरुले औपचारीक शुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरु बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतीहरु अनि केही भारतबाट तालिम प्राप्त स्वास्थकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रुपमा औपचारीक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको ईतिहास हामीले पायौं तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि बिभिन्न अनौपचारीक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारीक शुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।

सशस्त्र द्धन्द पश्चात बिसं २०६३ पछि अगंभंग र घाईते सैन्यदस्ताको पूर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरुमा फिजियोथेरापीको प्रयोग अत्याधिक गरिएको पाइन्छ । नेप्टा भनेंर नेपाली फिजियोथेरापीस्ट हरुको पेशागत संगठनको उपस्थिती रहेको छ ।

फिजियोथेरापी आँफैमा उपचारपद्धतीको मेरुदण्ड हो, आजभोली झन अस्तव्यस्त जीवनशैली अनि निरन्तर कमप्यूटर र मोबाईल प्रयोग गर्दाको अवस्थिती नमिल्नाले ढाड अनि गर्दनको दुखाई सामान्य र सबैभन्दा दोहोरिने पीडा भईसकेको छ , हैन र ?

अंगभंग, अगं काट्नुपर्ने, दुर्घटनाको चोट पछि लगायत अन्य बिभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ योगअभ्यासलाई पनि यहाँ फिजियोथेरापसंग जोड्न चाह्यौं, आर्यूवेदले आहार र बिहारलाई समान प्रार्थमीक्ता दिएको छ । योगअभ्यासहरु पनि परिष्कृत फिजियोथेरापीका आधारहरु हुन्, पतन्जली र धनवन्तरीका पुस्तक अनि अध्यनहरुमा स्वस्थ रहनका लागि योगासनहरुको चर्चा पाइन्छ ।

गतिशीलता नै जीवन हो, स्वास्थको ख्याल राखौ

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)