Aamsanchar

अर्जुनधारा शनिस्चरे बजारको शुन्दरता एक बर्षपनि टिक्न सकेन

Author Image
बुधवार, भदौ २४, २०७७

चारपाने । झापाको अर्जुनधारा नगरपालिकाको केन्द्र विन्दु शनिस्चरे बजारमा निर्माण गरिएको सडक ( डिभाईडर) लथालिङ हुन थालेको छ ।

परबाट झट्ट हेर्दा अत्यनतै शुन्दर देखिने, हरियाली र बिजुली बक्तीको तातीले शनिस्चरे बजार चोकको शुन्दरता बढाएको लाग्छ । तर नजिक बाट निहाल्ने हो भने हालको अवस्थालाई हेर्दा लथालिङ कुरुप बन्दै गएको छ, कसरी, कस्ले यस्तो गतलकार्य गरो भनेर सचेत नागरिकमा प्रश्न पैदा हुने अवस्था छ ।

नगरपालिकाले बजार क्षेत्रलाई नमुना बनाउने कार्यक्रम अन्तरगत शनिस्चरेबजार पस्चिम अर्जुनधारा जलेश्रधाम मार्गमा पेवर्सको बाटो र बिचमा फूलरोप्ने डिभाईडर बनाएको बर्ष दिन  हुन नपाउदै बनेको संरचना तोडफोड हुन थालेको छ ।
बनाउनु ठुलो कुरा होईन संरक्षण गर्नु महत्वपूर्ण कुरा हो भन्ने भनाई नै छ । त्यस्तै निर्माण भयो तर रेखदेख राम्रो हुन नसम्दा शनिस्चरेमा रहेको नवनिर्मित क्यारी संरचना भताभुङ हुनथालेको हो ।

जडान गरिएका दर्जनौ गार्डेन लाईट भाचिएका छन्, यत्रतत्र लडीरहेको छ, तारहरु लत्रिई रहेको छ, कतिपय बिजुलीका बलहरु फुटेका छन, कती हराई सकेको छ, यस्तो अवस्थाले स्थानिय सरकार, नागरिक समाजलाईनै जिज्याई रहेको छ । आखिर कस्ले भाच्यो तिलाईटहरु, किन उचित संरक्षण भएन भनेर सरोकारवाल प्रति प्रश्न उठन थालेको छ ।


फूलहरु पनि व्यवस्थित तरिकाले लगाईको छैन । सामान्य तरिकाले फूल रोपिएको भए पनि राम्रो गोडमेल भएको छैन झारले घेरिरहेको छ ।
अर्जुनधारा त्यसमा शनिस्चरे बजार सभ्य, शिक्षित नागरिकको बसोबास भएको ठाउँ हो । शनिस्चरेले राष्ट्रिय राजनीति, सामाजिक, धार्मिक र पर्यटकिय हिसावले देशमा आफ्नो सकारात्मक हिस्सा बनाउन सफल बनेको छ । अर्जुनधाराको मुख्य आयश्रोत मध्ये पर्यटन व्यवसाय पनि एक हो । तर यस्तो पावन क्षेत्रमा बनेका भौतिक संरचना ध्वस्त हुनु वा पारिनु अत्यन्तै दुःखको कुरा भएको एक स्थानियले गुनासो व्यक्त गरेका छन् ।

त्याहाँ लाईट मात्र हैन बनाईएका वाल ठाउँठाउँमा भत्किएको छ, टायल्समा धुलो र हिलोको थुर्पो लागेको छ । स्थानिय व्यापारीहरुले फोहोर राख्ने ठाउँ पनि बनाएका छन । कसैले केराका दाम्चा राखेका छन भने धेरैले पोचामार्ने, फोहोर राख्ने भाँडो र अन्य सामान त्यही राख्ने गरेर अझ कुरुप बनाउने काम भएको छ ।
विकास र नमुना बनाउने जनताको अपेक्षा र स्थानिय सरकारको चाहाँनाले यस्ता सामाजिक कार्यको लागि लाखौं करोडौं खर्च भएको हुन्छ । जनताका अन्य आवश्यकतालाई कटौती गरेर परापर्यटनलाई आर्कशर्ण गर्न शुन्दर बनाउन गरिएका यस्ता कयौं संरचनाहरु प्राय सबैतिर भताभुङ भएको देख्न सकिन्छ ।

यस्ता सामाजिक संरचनालाई स्थानिय सरकारले मात्र संरक्षण गर्न सक्ने अवस्था हुदैन, त्यसका लागि स्थानिय नागरिकको पनि मुख्य दाहित्यव र भूमिका रहन जान्छ । शनिस्चरेको यो संरचनालाई पुनः व्यवस्थित र शुन्दर बनाउन स्थानिय सरकार र नागरिकले ढिला गर्नु हुदैन । यो लयागतका संरचनालाई मर्मत सम्भार र निर्माण नगरिने हो भने अर्जुनधाराले पर्यटकिय नगरको पहिचान गुमाउन धेरै समय नलाग्न पनि सक्छ सबै पक्ष सचेत बन्ने हो की ।

भिडियो पनि हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर