Aamsanchar

औषधिय गुणले भरिपूर्ण तामा

Author Image
शुक्रवार, भदौ २६, २०७७

तामा नेपालमै पाइने र सानादेखि ठूलासम्मलाई मन पर्ने तरकारी हो। यो खाँदा जति स्वादिलो हुन्छ त्यति नै औषधिय गुणले भरिपूर्ण तामा य गुणले भरिपूर्ण हुन्छ। ज्वरो रूघाखोकीबाहेकका अन्य कतिपय समस्यामा यसले प्रभावकारी भूमिका खेल्छ।

तामा खाँदा हुने  मेडिकल फाइदा

– बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।

– बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्‍याउँछ ।
– पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।

– गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ ।
– यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।

– यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

– फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।

प्रशिद्ध काहाँ कहाँ ?

– अन्तराष्ट्रिय बजारमा ‘बेम्बो सुप’को नामले बाँसको तामा विक्री गरिन्छ । क्यानमा प्याकिङ गरेको यस्तो बम्बो सुप निकै महंगो हुन्छ ।
– बिश्वप्रशिद्ध थाई सुप ‘तोमयाम कोङ’मा तामा अनिवार्य हुन्छ । तामे, भालु, चोय बास या निगालोको तामा यसमा प्रयोग गरिन्छ ।
– जापानिजहरुले बाँसलाई ‘किङ अफ ग्रास’कै नाम दिएर पाकशिक्षामा राखेका छन् । जहाँ बाँस र तामाको फाइदालाई पढाईन्छ ।
– चीनमा पनि बाँसको तामा निकै प्रचलित छ । त्यहाँ त बासको तामा मात्र नभै पात पनि बिभिन्न हर्बल-टिको रुपमा प्रयोग गरिन्छ । जुन स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।

बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको कलिलो भागलाई नै तामा भन्ने गरिन्छ । एसियामा यो प्रचलित सब्जी तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौँ । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । यसमा भिटामिन बि, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

– यसमा प्रोटिन मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।

– तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।

– फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायिक हुन्छ ।

– यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ ।

– उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।

– पेटको दुखाइका साथै अल्सर तथा आन्द्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।

– यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।

– यो मुटुको निम्ति मैत्री खाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।

– यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिडस् र बाउल फँक्शन कम गर्दछ

– तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।

– तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ।

– तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा श्वास(प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठुलो भूमिका खेल्दछ ।

– झाडा–पखाला लाग्दा र पेटमा ग्यास बढेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधीको काम गर्दछ ।

– यसमा अति न्यून क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन (सोझो अर्थमा ओजन कम गर्न) मा ठुलो सहयोग पुर्‍याउँछ।

थप जानकारी :

तामालाई लामो समयसम्म बोतलमा राखेर अचारको रुपमा प्रयोग गन सकिन्छ । प्राचिनकालदेखि नै प्रयोग गर्दै आएको तामाको सब्जलीलाई डाक्टर तथा वैद्ययहरले पनि प्रयोग गर्दै आएका छन् । बाँसको टुँसालाई सब्जीको रुपमा प्रयोग गर्ने भएपछि गरिएको अनुसन्धनबाट थुप्रै फाइदाहरु पत्ता लागेको छ । तामामा कम क्यालोरीका तत्वहरु पाइने गर्छ ।

त्यस्तै तामामा अत्यन्तै कम कार्बोहाड्रेट पाइन्छ । यो मधुमेहका रोगीहरुको लागि पनि राम्रो परिकारको रुपमा देखिएको छ । क्यालोरी कम हुने भएकाले यसले बोसो घटाउन सहयोग गर्छ । यसमा चिनीको मात्र कम हुने भएकाले सुगर हुनेले यसको प्रयोग गर्न सक्छन् । कोलेस्ट्रोल एलडीएल स्तर, लिपिड्स र बाउल, फँक्शन कम गर्छ , अर्को तर्फ तामालाई स्वास्थ्यमैत्री खाद्यय पनि भनिन्छ ।

तामामा उपयुक्त मात्रामा प्रोटिन पाइन्छ । जसले शरिरलाई चाहिने एमिनो एसिडको सबै प्रकारको यथोचित हुन्छ । त्यसकारण यसले स्वास प्रस्वासको समस्या भएका व्यत्तिलाई निको पार्छ । प्राचिन कालदेखि नै प्रयोग गर्दै आएको कारण तामालाई गुणकारी तरकारीको रुपमा लिन सकिन्छ ।

पछिल्लो समय तामाको तरकारी लोकप्रिय बन्दै गएको छ । त्यतिमात्रै हैन् तामालाई अमिलो बनाएर अचारको रुपमा पनि प्रयोग गर्न थालिएको छ । तामामा क्याल्सियमको मात्रा बढी हुने भएकाले सब्जीको रुपमा प्रयोग गर्दा हड्डी सम्बन्धी विभिन्न किसिमका रोगहरुलाई फाइदा पुर्याउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर