Aamsanchar

कुखुरा बाँस्न छोडेकोछ !

Author Image
शनिवार, असोज ३, २०७७

भाले बाँस्न छोडेकोछ
आजभोलि अचेल
मेरो गाउँ – घर
छर – छिमेकमा
कुखुरा बाँस्न
छोडेको छ ।

भाले कुखुराहरु देखिदैनन्

स्वतन्त्र रूपमा हिड्न छोडेका छन् ।
गाउँदैनन् मुक्तिको नारा
यो पुरुषको राज्य होइन
स्त्रीहरुको राज्य भइसक्यो
भनेर , मनमनै कल्पना गर्छन् ।

स्तब्ध छन् ,
चुपचाप छन् ,
फिटिक्कै बोल्दैनन् ,
ऊनीहरुले भन्न छोडेका छन् ,
पोथी धेरै बाँस्नु हुँदैन भनेर ।

एकातिर आवाज उठिरहेको छ
हकहित अधिकारको
हाम्रो अधिकार सुनश्चित हुनुपर्छ ।
भन्दै , नारा गुन्जीरहेको छ ।

आज भोलि किन हो,
भालेहरु देखिदैनन्
सधैं पुरुषार्थ देखाउने
यी भालेहरु आज
किन मौन छन् ।

अचेल गाउँ -घरमा
छर- छिमेकमा
कुखुरा बाँस्न छोडेकोछ ।

अमित संग्रौला बिर्तामोड

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर