Aamsanchar

मेचीनगरका सरकारी स्वास्थ्य केन्द्रबाट एक बर्षमा १ हजार ५ सय भन्दा बढीले गर्भवती सेवा लिए, २ सय ७२ ले प्रसुती सेवा

Author Image
मङ्गलवार, असोज १३, २०७७

काँकरभिट्टा।  मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ / २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच वापत १ सय २० जनालाई ९६ हजार, यातायत खर्च वापत २ लाख ७२ हजार र शोधभर्ना रकम वापत संस्थालाई २ लाख ७२ हजार गरी कुल रकम ६ लाख ४० हजार रुपैयाँ रहेको थियो । नगरभित्रका विभिन्न स्वास्थ्य केन्द्रबाट नियमित सेवा सञ्चालन भइरहेको राईको भनाई छ ।

नगरभित्रका बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, दुहागढी र धाइजन गरी ५ वटा स्वास्थ्य चौकी , मेचीनगर— १० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारी एउटा, मेचीनगरको ९ नम्बर वडामा रहेको मागुरमाडी र मेचीनगर— ५ मा दुईवटा शहरी स्वास्थ्य केन्द्र तथा मेचीनगर —१मा सामुदायिक स्वास्थ्य केन्द्रबाट अत्यावश्यक आधारभूत स्वास्थ्य सेवाहरु प्रदान गरीएको संयोजक राइृको भनाई छ । मेचीनगर— १० धुलावारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा डक्टरको दरवन्दी रहेको उहाँले बताउनुभयो ।

नगरभित्र धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र नगरका १५ वटा वडाको एउटै मात्र निःशुल्क प्रसुती सेवा दिने स्वास्थ्य केन्द्र हो । जहाँ प्रसुती गराइन्छ । आमा र नवजात शिशुको मृत्यु दर कम गर्नु यसको मुख्यः उद्घेश्य रहेको उहाँको भनाई छ । यसैगरी, काँकरभिट्टा स्वास्थ्य चौकीमा दैनिक १० देखि १५ जना गर्भवती सेवा लिन आउनु गरेको केन्द्रका सिनियर अनमि भद्रिका विसुंखेले जानकारी दिनुभयो ।

नगरका सरकारी स्वास्थ्य केन्द्रले एकवर्षको अवधिमा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत २०७६ कात्कि २ र ३ तथा २०७७ असार २२ र २३ गते महिला स्वास्थ्य स्वयम्सेविकाहरुद्वारा नगरभरिका ६ महिनादेखि ५ वर्ष मूनिका १० हजार २ सय ५२ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि वितरण गरिएको थियो । यो कार्यक्रमका लागि १ लाख ८१ हजार १ सय रुपैयाँ खर्च भएको थियो ।

कीटजन्य रोग नियन्त्रण अन्तर्गत डेंगुरोग नियन्त्रणका लागि ८३ महिला र १ सय ७ पुरुषको आरडिटी परीक्षण गर्दा १ सय ९० जनाको आरडिटी पोजेटिभ फेला परेको थियो। त्यसपछि लार्भा सर्ज र डिस्ट्व गर्ने काम, सरोकारवालाहरुसँगको अन्तरक्रिया, शंकाष्पद बिरामीको निःशुल्क आरडीटी परीक्षण, विषादी छिटकाउ, पर्चा पम्प्लेट वितरण, चेतनामुलक कार्यक्रम, नगरको वडानम्बर ६,७, १३ र १५ मा ३ हजार ५ सय ९४ घर कटेरोमा डेंगु औलो, कलाज्वार रोग नियन्त्रणका लागि मच्छड मार्ने विषादी टिकाउ गरिएको र त्यसमा १ लाख ९१ हजार ६ सय ७० रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७६ / २०७७ मा डेंगुका कारण मेचीनगर —७ मा ४० वर्षीय एक पुरुषको निधन भएको संयोजक राईले बताउनुभयो ।

हात्तीपाइले रोग विरुद्घको आम औषधि सेवन वितरण एमडिए कार्यक्रमकालागि सशर्त अनदानतर्फको ११ लाख ५७ हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ । आम औषधि सेवनका लागि लक्षित २ वर्षदेखि ७० वर्षसम्मका कुल ८६ हजार ९ सय २ जना मध्ये ५८ प्रतिशत वा ५० हजार ७ सय २७ जना प्रत्यक्षरुपमा लाभावन्तित भएका थिए ।

विश्व कुष्ठरोग दिवस तथा आयोडिन सम्बन्धि महिनाव्यापी कार्यक्रम अनतर्गत महिला तथा आमा समुह, विद्यालय स्वास्थ्य कार्यक्रम तथा सार्वजनिक स्थलमा प्रदर्शनि गरिएको थियो । अपागंता दिवसमा समेत चेतनामुलक कार्यक्रम गर्नुका साथै १६ औँ महिला स्वास्थ्य स्वयम्सेविका दिवसमा अवसरमानगरभरिका प्रत्येक वडाबाट १ ÷१ जना गरी १५ वटा वडाका १५ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई नगदसहित सम्मान गरिएको थियो । नगरपालिकााके बजेटबाट नगरभरिका ९५ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई समुदायमा सेवा प्रदान गरे वापत जनही ६ हजार ४ सय ५६ रुपैयााँक दरले ५ लाख ८१ हजार ४० रुपैयाँ नगद प्रदान गरिएको शाखा संयोजक राईको भनाई छ । कोभिड १९ नियन्त्रण तथा रोकथाममा खटे वापत ७४ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही १ हजार ५ सयका दरले १ लाख ११ हजार रुपैयाँ वितरण गरिएको थियो । क्षय तथा क्ष्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गतका स्वास्थ्य संस्थाहरुद्वारा प्रदान गदैं आइरहेका सेवाहरुको त्रैमासिक रुपमा समिक्ष गरी विवरण अध्यावधिक गरिएको र जस अनत्र्गत १ सय २० जना नयाँ क्षयरोगी निदान तथा उपचार व्यवस्थापन गरिएको थियो । त्यसैगरी कुष्ठरोग नियन्त्रण अन्तर्गत १२ जना रोगीमध्ये ९ जना पूर्ण उपचार लिई ३ जना उपचारमा रहेको र त्यस वापत ५४ हजार रुपैयाँ खर्च भएको शाखाले जनाएको छ । नियमित रुपमा खोपसेवा अन्तर्गत नगरभरिका एकवर्षमूनिका २ हजार ८५ जना बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिएकोको शाखाका सह संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । पुर्ण खोप छुट बालबालिकाको खोजी कार्य गरी ४१ जना छुट बच्चाहरुलाई तालिका अनुसारको खोप प्रदान गरी २०७७ असार २० गते नगरपालिकाद्वारा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना कायम रहेको निर्णय सर्वसम्मतले पारित गरेको र त्यसका लागि ३ लाख ५० हजार ७ सय ५० रुपैयाँ बजेट खर्च भएको यादवको भनाई छ । नोवल कारोना भाइरस कोभिड १९ को महमारीमा समेत खोपलाई नियमित सञ्चालन गरिएको थियो । ५ वर्षमूनिका बच्चहरुमा रोटा भाइरसको कारण लाग्ने झाडापखालारोग विरुद्घको हाल सञ्चालित रोटा खोप कार्यक्रमको लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको थियो ।

२०७६ माघ १४ मा काँकरभिट्टा नाकामा नोवल कोरोना भाइरस कोभिड १९ परामर्श सहायता कक्ष स्थापना गरेर माघ १५ गतेबाट स्वास्थ्यकर्मीबाट यात्रुहरुको स्व्रिmनिगं कार्य शुरु गरी २८ हजार ४६ महिला ७२ हजार ६ सय ७९ पुरुष तथा २ हजार ३ सय २३ बालबालिकागरी कुल १ लाख ३ हजार ४८ जनालाई स्व्रिmनिग गरिएको शाखा संयोजक राईको भनाई छ । जस्मा १ लाख ७७ हजार रुपैयाँ खर्च भएको थियो । नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक वडामा क्वारेन्टाइन तथा मेचीनगर ११ धाइजन स्वास्थ्य चौकीमा नगरपालिकास्तरीय आइसोलेसन सेन्टर स्थापना गरिएको, पीसीआर नमूना संकलनका लागि ३ जना स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)