Aamsanchar

कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन

Author Image
शनिवार, असोज २४, २०७७

काठमाडौं । कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो । गैरआवासीय नेपाली सङ्घले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा ‘कोरोनापछि पशुपालनको मुद्दा र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशु सेवा विभागका निर्देशक बंशी शर्माका अनुसार माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिए पनि कोभिडले असर पुर्याउँदा समस्या भएको छ । कूल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ । कृषि क्षेत्रमै पशुपक्षीको योगदान ३० प्रतिशत छ । साठी प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन् ।

निर्देशक शर्माका अनुसार पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै आएको छ “व्यावसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजगारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पुर्याउँछ”, उनको भनाइ छ । कोभिड–१९ ले दूधमा पूर्णरूपमा असर पुगेको छ । माछा खाने संस्कृति पनि कम भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर