Aamsanchar

दशैंको पहिलो दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

Author Image
शनिवार, कार्तिक १, २०७७


आज विश्व समूदायले गरिबी निवारण दिवस भव्यता का साथ मनाउँदैछ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ ।

परमाणु शक्तिमा लाखौं अरबौं डलर खर्च गर्न सक्ने देशहरु ले नागरीकका भोका नागां समस्याहरु लाई समेत सम्बोधन गर्न सकेका छैनन् । २१ सौं शताव्दीको यो पहिलो अर्धदशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस वाँस र कपासको आधारभूत प्रत्याभूति पनि हुन नसक्ने छेकछन्द देखिएको छ ।

हुन त यसवर्ष देश अनि राष्ट्रियताको कडी परमाणु या फाइटर जेटहरु मात्र नभई सेतो कोट लगाउने स्वास्थकर्मीको सख्याँ, अस्पतालका शैया र भेन्टीलेटर अनि आइसीयूको उपलव्धताका आधारमा गणना गरिएको छ । कोरोना जोखिमले ल्याएको संकटका कारणले आँउदा वर्षहरुमा गरिबी झनै बढ्ने र रोजगारीका अवसर कम हुने स्पष्ट देखिएको छ, यस अर्थमा यसवर्षको गरिबी निवारण दिवसको सन्दर्भ झनै ब्यापक भएको छ ।

हरेक सरकार अनि संसदको प्रथम प्रार्थमिकता भनेकै गरिबी उन्मुलन हुन पर्ने रहेको छ यो गरिबीको उन्मुलन शान्ति, स्थाहित्व र आर्थिक विकासकालागि अत्यन्त महत्वपूर्ण छ ।

विश्व बैंकको तथ्याक साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । बैदेशिक रोजगारीको बिप्रेषणबाट आएको रकम मार्फत बढेको आय लाई दिर्घकालीन अवश्य मान्न सकिन्न, देशमै रोजगार अनि सिपको उजागर गर्दै बजार अनि बित्त व्यबस्थापन जरुरी छ । अर्कोतर्फ कृषीकार्यमा क्रान्ती ल्याएर निर्वाहमुखी भन्दा व्यवसायीक कृषी गरिन जरुरी छ । स्मरण रहोस् दश वर्षे द्धन्द र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मान्छेहरु मा जीवनयापन गर्ने अवसरहरुको कमी देखिएको छ ।

अर्कोतर्फ सरकारी प्रयास स्वरुप गरिबी निवारण कोष मार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामूदायीक संस्थाहरु मार्फत बिभिन्न आय आम्दानीका कार्यक्रमहरु गरिरहिएको छ, गैर सरकारी संस्थाहरु पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनको मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो विश्वभरि नै मौन लडाईका रुपमा रहेको छ, यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरीब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका बिपन्न समुदाय प्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 714

प्रतिक्रिया (०)

सम्बन्धित खबर