Aamsanchar

उदयपुर जीप दुर्घटना अपडेट : ज्यान गुमाएका पाँच जनाकै सनाखत

Author Image
आइतवार, कार्तिक २, २०७७

उदयपुर – उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैबीच रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान ग १ ज ६०४७ नम्बरको जीप आठबिसकोट नगरपालिका वडा नम्बर १२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आठबिसकोटमै रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर