Aamsanchar

दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाडौं । कोभिड–१९ को उपचारमा खटिएवापतको र दसैँभत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारी भएको कोठामा ताल्चा लगाएका छन् ।

आन्दोलनमा चिकित्सक, नर्स र अन्य कर्मचारी गरी डेढदेखि दुई सय जना सहभागी छन् । आन्दोलनमा सहभागी एक डाक्टरले भने, ‘हाम्रो मागलाई सम्बोधन नै गर्नुभएन । कुरा गर्न पनि नचाहेपछि हामीले ताला लगाइदिएका हौँ ।’ आन्दोलनकारीले ताल्चा लगाएपछि न्याम्सका पदाधिकारीहरु वाहिर निस्कन पाएका छैनन् । १५ दिनपहिले कोभिड– १९ संक्रमितको उपचारमा खटिएवापतको भत्ता, उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उचित सुरक्षा सामग्री उपलब्ध गराउन लिखित रुपमा पत्र दिएको ती डाक्टरले बताए । १५ दिनसम्म पनि उक्त मागको सुनुवाइ नभएपछि आफुहरु आन्दोलनमा उत्रिएको उनले जानकारी दिए । फ्रण्टलाइनमा काम गर्ने वीरका कुनै पनि कर्मचारीले अहिलेसम्म कोभिड भत्ता पाएका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर