Aamsanchar

मेची कोभिड अस्पतालमा चरम लापरवाही भएकै हो त ?

Author Image
बुधवार, कार्तिक ५, २०७७

झापा । मेची अस्पतालको लापरवाहीले गर्दा एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको सुचना बाहिर आएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले मेची अस्पतालको चरम लापरवाहीका कारण पार्टीका स्थानीय नेता लक्ष्मीसिंह राजपुत (नुनिया) को मृत्यु भएको बताएका छन् ।

भद्रपुर नगरपालिका साविक वडा नं. २ का पूर्व सभापति राजपुत कोरोना संक्रमणको उपचारका लागि मेची प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

पोखरेलले आज विज्ञप्ति जारी गर्दै न्यूनतम् चित्सिकीय सेवा समेत पाउन नसकी कार्तिक ४ गते राजपूतको निधन भएको बताए ।

अस्पतालमा भर्ना भएका बेला अक्सिजन सकिदा डाक्टर र नर्स नआएपछि त्यहीँ रहेका संक्रमित तथा खाना पुर्याउन खटिएका व्यक्तिहरुले अक्सिजन फेरिदिएको पोखरेलले जनाएका छन् ।

उपचारमा अस्पतालले देखाएको व्यवहारको विरोध गर्दै पोखरेलले त्यहाँको कोभिड अस्पतालमा आइसीयु र भ्यान्टिलेटरसहितको सुविधा उपलब्ध गराउन नेपाली कांग्रेसका तर्फबाट पोखरेलले माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर