Aamsanchar

थप तीन जनाको कोरोनाका कारण मृत्यु

Author Image
बिहिवार, कार्तिक ६, २०७७

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देही र अर्घाखाँची र तनहुंका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

कात्तिक १ गतेसंक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका रुपन्देहीका पुरुषको गएराति मृत्यु भएको हो । यस्तै असोज २२ गते कोरोना पुष्टि भएका अर्घाखाँचीका पुरुषको हिजो राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिनुभयो ।

योसँगै रुपन्देहीमा कोरोनाका कारण ५३ जना र अर्घाखाँचीमा ५ जनाको मृत्यु भएको छ । उता, चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका घर भई हेटौडा–५ बस्ने ३३ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । असोज ३० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन । स्वास्थ्यस्थिति जटिल भएपछि उनलाई हिजो भेन्टिलेटरमा राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर