Aamsanchar

सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जना पक्राउ

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् ।

प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको बताउँदै मटिहानी नगरपालिका ८ का सर्वसाधारणसँग मोबाइल र नगद ५ हजार लिएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले बताए । पक्राउ परेकाहरुको साथबाट सामसुङ्गको डुअस मोबाइल बरामद भएको र उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर